काठमाडौं– सरकारको नीति तथा कार्यक्रममा मधेस केन्द्रित दलहरु सत्ता पक्ष र विपक्षमा विभाजन भएका छन्। सरकारले जेठ ७ मा संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अपुरो रहेको भन्दै उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय 8वादी फोरम र अर्को तराई मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीले संशोधन दर्ता गराएका थिए।
प्रतिनिधिसभामा संघीय 8वादीका तर्फबाट प्रदीप यादव र राजपाका तर्फबाट अनिलकुमार झाले संशोधन दर्ता गराएका थिए। राष्ट्रियसभामा संघीय 8वादीका तर्फबाट प्रमिला कुमारीले र राजपाका तर्फवाट वृशेषचन्द्र लालले संशोधन दर्ता गराएका थिए।
फोरम र राजपाले संविधान संशोधन, संघीयता र तराई मधेशका लागि विशेष कार्यक्रम नभएको भन्दै संशोधन दर्ता गराएका हुन्। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ४ दिन र राष्ट्रियसभामा ३ दिनसम्म छलफल चलेको थियो। छलफल सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि यी दुई दल विभाजित भएका हुन्।
एकै प्रकृतिका संशोधन दर्ता गरेको मध्ये संविधान संशोधन गर्न तयार रहेको प्रधानमन्त्रीले सदनमा प्रतिबद्धता जनाएको भन्दै संघीय 8वादीले संशोधन प्रस्ताव फिर्ता लिएको छ। तर, राजपाले भने संविधान संशोधनमा पुरानै अडानमा सरकार रहेको भन्दै संशोधन फिर्ता लिएन। उसले संशोधन फिर्ता नलिएपछि निर्णयका लागि पेश गर्दै अस्वीकृत भएको थियो।
तराई केन्द्रित दल सरकारमा छिटै आउने भिनरहेका बेला तराई केन्द्रित दलहरु दुई धुव्रमा देखिएका हुन्। नीति तथा कार्यक्रम भने सर्वसम्वत रुपमा पारित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।