काठमाडाैं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अतिअत्यावश्यक वस्तुको आपूर्तिमा सहजीकरण गरिदिन गृह मन्त्रालयसँग आग्रह गरेकाे छ।
अतिअत्यावश्यक वस्तु ओसारपसारमा शुक्रबार दिनभर अवरोध सिर्जना भएपछि आपूर्ति मन्त्राललयले गृहलाई पत्र पठाएर सहजीकरण गरिदिन आग्रह गरेकाे हाे।
‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १४ बाट जारी गरेको सात (७) दिने निषेधाज्ञामा दैनिक उपभोग्य खाद्य वस्तुहरु एवं पेट्रोलियम पदार्थ लगायतको दैनिक अत्यावश्यक खाध वस्तुहरुको सहज रुपमा आपूर्ति तथा बिक्री वितरण गर्न र सो कार्यमा संलग्न सवारी साधनहरुको आवागमनमा देहाय बमोजिम सहजीकरण गरिदिने व्यवस्थाका लागि आदेशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
सीमित रुपमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय चार्टर उडानहरुमार्फत् निकासी गरिने वस्तुहरुको ढुवानीमा प्रयोग भैरहेका सवारी साधनहरुको आवागमन सहज परिदिन पत्रमा आग्रह गरिएको छ।
यस्तै, दैनिक उपभोग्य खाद्य वस्तुहरुको ढुवानीमा प्रयोग भैरहेका सवारी साधन र सो सम्बन्धी कार्यमा संलग्न कामदार कर्मचारीहरुको आवागमन सहज पारिदिन आग्रह गरिएको छ।
पेट्रोलियम पदार्थ बोकेका टैकर, एल।पि।ग्यासका बुलेटहरु तथा एल।पि।ग्यासका सिलिण्डर बोकेका ट्रक तथा पिक अपलाई निर्वाध आवामगनका साथै एलपी ग्यास सिलिण्डर भर्नको लागि प्राविधिक र अप्राविधिक कर्मचारीहरुको आवतरजावतमा सहजीकरण गर्न पत्रमा आग्रह गरिएको छ।
साथै यस पूर्वनिगमले जारी गरेको पासलाई नै निरन्तरता दिन र खाली तथा भरी सिलिण्डर बोकेका ट्रकरपिकअप लोड अनलोड गर्ने प्रयोजनका लागि ग्यास पसलको सञ्चालन गर्न दिन आग्रह गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।