• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यी हुन् घाटामा सञ्चालन भइरहेका १८ संस्थान,  कसको कति घाटा?

बढी घाटामा जाने नेपाल एयरलाइन्स, नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण
64x64
नेपाल लाइभ शुक्रबार, जेठ १४, २०७८  १९:०६
1140x725

काठमाडौं- देशभर अहिले ४४ वटा संस्थान अस्तित्वमा रहेका छन्। त्यसमध्ये ३८ वटा संस्थान सञ्चालनमा छन्। औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जीवनोपयोगी ५ र वित्तियमा ९ वटा छन्। 

त्यसमध्ये २४ वटा नाफामा सञ्चालन भएका छन् भने १८ वटा घाटामा छन्। यसैगरी २ वटाको भने कारोबार शून्य रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वित्तिय विवरणमा आर्थिक वर्ष २०७६/७७ मा संस्थानहरुको खुद नाफा १ दशमलव २१ प्रतिशतले घटेर ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ।

यसैगरी, संस्थानहरुको सञ्चालन आय पनि ९ दशमलव ०३ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा कुल संस्थानहरुको सञ्चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेर ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख मात्रै भएको छ।

लाभांश रकम भने बढको छ। ४८ दशमलव ८७ प्रतिशतले बढेको लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहेँलो किताब (संस्थानहरुको वित्तिय विवरण समावेश भएको) मा उल्लेख छ।

सञ्चित नाफा १८.१९ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको  छ भने सञ्चित नोक्सान ०.९३ प्रतिशतले घटेर ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको छ।  

आर्थिक वर्ष २०७६/७७ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४.२८ प्रतिशत र नोक्सानमा रहेका १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले  बढेको छ।

यी हुन् घाटामा सञ्चालन भएका संस्थानहरु
आर्थिक वर्ष २०७६/७७ मा १८ संस्थान नोक्सानीमा सञ्चालन भएका छन्। जसमा औधोगिक क्षेत्रतर्फको दुग्ध विकास संस्थानको नोक्सानी १५ करोड ८१ लाख रुपैयाँ रहेको छ। हेटौँडा सिमेन्ट उद्योगको घाटा १७ करोड ६४ लाख रुपैयाँ रहेको छ।

जनकपुर चुरोटको १९ लाख, नेपाल औषधि लिमिडेटको ७ करोड ६५ लाख, उदयपुर सिमेन्टको ३३ करोड ३६ लाख, नेपाल ओरियण्ट म्याग्नासाइटको घाटा १४ करोड ८८ लाख, बुटवल धागो उद्योगको ३ करोड ४४ लाख र नेपाल मेटल कम्पनीको घाटा ७० लाख रुपैयाँ रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

औद्योगिक क्षेत्रका १० संस्थानमध्ये ८ वटा घाटामा रहेका छन्। ८ वटाको घाटा मात्रै ९१ करोड ४७ लाख रुपैयाँ रहेको छ।

औद्योगिक क्षेत्रतर्फका धौवादी फलाम कम्पनीको नाफा ७० लाख र जडिबुटी उत्पादन तथा प्रशाोधन कम्पनीको नाफा २९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

व्यापारिक क्षेत्रतर्फ ४ वटा संस्थान रहेका छन्। त्यसमा एउटा मात्रै घाटामा रहेको छ। घाटामा रहेको नेपाल वन निगम हो। वन निगमको घाटा ९ करोड ७७ लाख रुपैयाँ रहेका छ। कृषि सामग्री कम्पनी १० करोड ५१ लाख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी ७ करोड ८ लाख र नेपाल आयल निगमको नाफा भने १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको  छ।

व्यापारिक क्षेत्रतर्फको ४ वटा संस्थानको समग्रमा नाफा भने १२ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ रहेको छ।

यसैगरी, सेवा क्षेत्रतर्फ ११ वटा संस्थानहरु रहेका छन्। जसमा औद्योगिक क्षेत्र व्यवस्थापनको नाफा ११ करोड २१ लाख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको २ करोड ७१ लाख, नेपाल नागरिक उड्डयन प्राधिकरणको २ अर्ब ५२ करोड ५८ लाख, साझा यातायात सहकारी संस्थाको २४ करोड ६६ लाख र विशाल बजार कम्पनीको नाफा १३ करोड १४ लाख रहेको छ।

तर, नेपाल रेल्वे कम्पनीको ७३ लाख, नेपाल पूर्वाधार निर्माण कम्पनीको ९ लाख, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास लिमिडेटको १ करोड ३७ लाख र नेपाल वायुसेवा निगमको ३ अर्ब ८९ करोड ८३ लाख रुपैयाँ घाटा रहेको छ। 

समग्रमा सेवा क्षेत्रतर्फको संस्थानको घाटा ८७ करोड ७२ लाख रुपैयाँ रहेको छ।

यसैगरी, सामाजिक क्षेत्रतर्फ ५ वटा संस्थान रहेका छन्। जसमा नेपाल टेलिभिजनको घाटा २० करोड ६३ लाख, जनक शिक्षा सामग्री केन्द्रको ६ करोड १० लाख, सांस्कृतिक संस्थानको घाटा २ करोड ९० लाख र राष्ट्रिय आवास कम्पनीको घाटा २ करोड ५ लाख रुपैयाँ रहेको छ।

सामाजिक क्षेत्रको संस्थानतर्फ नाफामा रहेको गोरखापत्र संस्थान मात्रै हो। गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७६/७७ मा २ करोड २ लाख  नाफा गरेको थियो। समग्रमा सामाजिक क्षेत्रतर्फको संस्थानहरुको घाटा ३० करोड २६ लाख रुपैयाँ रहेको छ।

जीवनोपयोगी क्षेत्रतर्फका खानेपानी संस्थानको घाटा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ। अन्य भने नाफामा छन्। विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३ करोड ८५ लाख रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ९ अर्ब ७४ करोड ९० लाख, विद्युत उत्पादन कम्पनीको ४ करोड ६३ लाख र राष्ट्रिय प्रसारण ग्रिड  कम्पनीको नाफा १५ करोड ४० लाख रुपैयाँ रहेको छ।

वित्तीय क्षेत्रतर्फ ९ वटा संस्थान रहेका छन्। जसमा ९ वटै नाफामा रहेका छन्। कृषि विकास बैंकको नाफा ३ अर्ब ३३ करोड १८ लाख, राष्ट्रिय बीमा संस्थानको ५ करोड ९१ लाख, राष्ट्रिय बीमा कम्पनीको ६३ करोड ८६ लाख, राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ३७ करोड ७३ लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषको १ अर्ब ८७ करोड ११ लाख रुपैयाँ नाफा रहेको छ।

यसैगरी, नेपाल स्टक एक्सचेन्जको ३३ करोड ६९ लाख, नागरिक लगानी कोषको २ अर्ब ७९ करोड २९ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १ अर्ब २ करोड ८१ लाख र नेपाल बैंकको २ अर्ब ३३ करोड २९ लाख रुपैयाँ नाफा रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने
नेपालले सन्तुलित कूटनीति अपनाउँछ, शान्ति साझा प्राथमिकता हुन्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद
सम्बन्धित सामग्री
४२ अङ्कले बढ्यो सेयर बजार अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २८०२ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै... बुधबार, चैत २५, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ? आज एक तोला सुन दुई लाख ९९ हजार रुपैयाँमा करोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला सुन दुई लाख ९१ हज... बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ। ट्रम्पले इरानले स्ट्रेट अ... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने बुधबार, चैत २५, २०८२
नेपालले सन्तुलित कूटनीति अपनाउँछ, शान्ति साझा प्राथमिकता हुन्छ : प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद बुधबार, चैत २५, २०८२
वीर अस्पतालका लेखा अधिकृत दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, चैत २५, २०८२
प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्