फाइल तस्बिर
काठमाडौं- कोभिड महामारीका कारण मुलुकको पर्यटन आगमन तथा भ्रमण आयमा व्यापक संकुचन आएको छ। चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन्।
सन् २०१९ का ११ दाख ९७ हजार १०० पर्यटक नेपाल भित्रिएकोमा सन् २०२० मा यो संख्या दुई लाख ३० हजार ८५ मा झरेको मन्त्री पौडेलले जानकारी दिए।
सन् २०२० मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुबाट कूल २४ अर्ब ९६ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको उनले जानकारी दिए। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कमी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।