काठमाडौं- सरकारले प्रक्तिव्यक्ति कूल गार्हस्थ उत्पादन (प्रचलित मूल्य) बढेर १ हजार १ सय ९१ डलर पुग्ने अनुमान गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले शुक्रबार आर्थिक सर्वेक्षण २०७७/७८ को सार्वजनिक गर्दै यस्तो बताएका हुन्। यसैगरी, प्रतिव्यक्ति कूल राष्ट्रिय आय पनि बढेर १ हजार १ सय ९६ डलर पुग्ने अनुमान गरिएको छ।
साथै, चालू आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यत्ति कूल राष्ट्रिय खर्चयोग्य आम्दानी पनि बढेर १ हजार ४ सय ८६ डलर पुग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।