काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा संशोधित आर्थिक वृद्धिदरसमेत हासिल नहुने बताएका छन्। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन्।
सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशतको संशोधित अनुमान सार्वजनिक गरेको थियो। अर्थमन्त्री पाैडेलले कोभिड महामारीका कारण संशोधित वृद्धिसमेत हासिल गर्न कठिन हुने बताएका छन्।
'कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण ४.०१ प्रतिशतको संशोधित लक्ष्यमा पुग्न चुनौतीपूर्ण बनेको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।