काठमाडौं- एक साताका लागि काठमाडौं उपत्यका निषेधाज्ञा कडाइ गरिएको छ। किराना पसल समेत सञ्चालन गर्न नदिने निर्णय गरेपछि सरकारले नै खाद्यान्न नागरिकको घर-घरमा पुर्याइदिने भएको छ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् काठमाडौं उपत्यका भित्रका घर-घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको हो।
काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत सार्वजनिक गरेका छन्।
यी हुन् सम्पर्कका लागि तोकिएका नम्बर र व्यक्ति :
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द : ९८५१३२०३१४ विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा : ९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ : ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी : ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल : ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान : ९८४१३३२९९०, ९८१३२७२५६३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।