काठमाडौं– आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्ने छन्।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट जेठ १५ गते बजेट भाषण हुने जानकारी दिए। नयाँ भवनमा ठूलो हल भएकाले त्यहाँबाट बजेट सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसंसद् विघटन गरेसँगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।