• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सार्वजनिक संस्थानमा कसको कति लगानी? कस्तो छ वित्तीय अवस्था?

कति नाफामा कति घाटामा?
64x64
नेपाल लाइभ बिहीबार, जेठ १३, २०७८  १२:४७
1140x725

काठमाडौं– सार्वजनिक संस्थानको रुपमा १९९३ मा विराटनगर जुट मिल स्थापना भएपछि प्रथम पञ्चवर्षीय योजना (विस २०१३ देखि २०१८) अवधिमा सार्वजनिक संस्थान स्थापना हुन थालेको थियो। २०४७ सालसम्म ६२ वटा संस्थान पुगेकामा हाल ४४ वटा मात्रै रहेका छन्। त्यसमा पनि आर्थिक वर्ष २०७६/७७ देखि राष्ट्रिय बिउविजन कम्पनी कृषि सामग्री कम्पनीमा गाभिएको छ। योसँगै अहिले ४३ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन्।

औद्योगिक क्षेत्रमा १०, व्यापार क्षेत्रमा ५, सेवा क्षेत्रमा १०, सामाजिक क्षेत्रमा ५, जनोपयोगी ५ र वित्तीय क्षेत्रमा ९ गरी वटा सार्वजनिक संस्थान छन्। तीमध्ये ३३ वटा संस्थान सञ्चालनमा छन्।

जनकपुर चुरोट कारखाना, बुटवल धागो, नेपाल इन्जिनियरिङ र नेशनल कन्स्ट्रक्सन कम्पनी कानुनी रुपमा अस्तित्वमा रहे पनि संस्थानको कुनै व्यवसायी संलग्न छैनन्। नेपाल मेटल कम्पनी सञ्चालनमा नै आएको छैन। नेपाल रेल्वे कम्पनी सञ्चालनको तयारी छ। धौवादी फलाम र नेपाल पूर्वाधार कम्पनी आर्थिक वर्ष ७६/७७ मा स्थापना भएका हुन। ४४ वटा सार्वजनिक संस्थानको वित्तीय अवस्था आर्थिक वर्ष २०७५/७६ सम्ममा सकारात्मक छ।

आर्थिक वर्ष २०७६/७७को अवस्था भने अर्थमन्त्रालयले जेठ १४ गते शुक्रबार सार्वजनिक गर्दै छ।आर्थिक वर्ष २०७४/७५ मा कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रुपैयाँमा रहेको संस्थानहरुको २०७५/७६ मा २० दशमबल २९ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको थियो। 

२०७४/७५ को तुलनामा २०७५/७६ मा संस्थानहरुको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले बढेको थियो। २०७५÷७६ मा खुद नाफा ४८ अर्ब ७७ करोड ४१ लाख पुगको छ। 

संस्थानहरुबाट हुने लाभांश २०७५÷७६ मा अघिल्लो आवको तुलनामा ४ दशमलब २८ ले कमी आई ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ पुगेको छ। २०७५÷०७६ मा सञ्चित नाफा ३ दशमलब ८३ प्रतिशत र सञ्चित नोक्सानी २७ दशमलव ३३ प्रतिशतले कमी आएको थियो।

समग्रमा सञ्चित नाफा २८ दशमलव २८.९३ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख पुगेको छ। यसैगरी २०७५/७६ मा २६ संस्थान नाफामा थिए भने ५ वटा संस्थानाको कारोबार शून्य थियो। १३ संस्थान नोक्सानीमा रहेका थिए।

जनकपुर चुरोट, विद्युत् उत्पादन, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालनमा छैनन्। नोक्सानीमा रहेको नेपाल ओरियण्ड म्याग्नासाइट, बुटवल धागो सञ्चालनमै रहेको छैन भने रेल्वे कम्पनी निर्माणधीन रहेको छ। दुबै कम्पनीकोे प्रशासनिक खर्च नोक्सानीमा रहेका छ। 

Ncell 2
Ncell 2

आर्थिक वर्ष २०७५/७६ मा २६ संस्थानको खुद नाफा १७ प्रतिशत र १३ संस्थानको नोक्सनी ३०६.५८ प्रतिशतले बढेको थियो। यसैगरी आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीकोष/नेट वर्थ आर्थिक वर्ष २०७४/७५ को तुलनामा २१.०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ४२ लाख रुपैयाँ पुगको छ। 

आर्थिक वर्ष २०७५/७६सम्म आइपुग्दा संस्थानहरुमा कुल लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पुगेको छ। सेयर लगानी २०७४/७५ को तुलनामा ३५.६७ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगको छ। संस्थानहरुको ऋण भने १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

सार्वजनिक संस्थानहरुको वित्तीय अवस्था

सार्वजनिक संस्थानहरुको चुक्ता पुँजी आर्थिक वर्ष २०७५/७६ सम्ममा २ खर्ब ८५ अर्ब ५० करोड ४५ लाख रुपैयाँ रहेको छ।

सरकारी लगानी ४ खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ रहेका छ। जसमा सेयर लगानी वापतको रकम २ खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख र ऋण लगानी रकम १ खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ रहेको छ। यसैगरी सेयरधनी कोष÷नेटवर्थ रकम ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा संस्थानहरुको कुल सञ्चालन आय ६४ खर्ब ७० अर्ब २६ करोड २५ लाख रुपैयाँ र प्रशासकीय खर्च २९ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ रहेका छ।

संस्थानहरुको खुद नाफा २०७५/७६ मा ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। नाफामा सञ्चालित संस्थानहरुको नाफा ५१ अर्ब ५९ करोड ७४ लाख र घाटा सञ्चालन भएका संस्थानहरुको नोक्सानी रकम २ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ थियो।

कुन संस्थानका कसको कति लगानी?

आर्थिक वर्ष २०७५/७६ सम्म अस्तित्वमा रहेका ४४ वटा संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा २६ वटा संस्थान रहेका छन्। अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायका ५० प्रतिशतभन्दा बढी स्वामित्व)मा रहेका २१ संस्थान रहेका छन्।

सामाजिक क्षत्रेका रहेको सबै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ। औद्योगिक क्षेत्रसँग सम्बन्धित १० वटा संस्थानमा नेपाल सरकारको ९७ दशमलब ३२ प्रतिशत सेयर रहेका छ भने २ दशमलब ६८ प्रतिशत संस्थान/निजी क्षेत्रको रहेको छ।

यसैगरी जनोपयोगी क्षेत्रमा रहेको ५ वटा संस्थानमा नेपाल सरकारको ९८ दशमलव २८ प्रतिशत र संस्थान/निजी क्षेत्रको १ दशमलब ७२ प्रतिशत सेयर रहेको छ। जसमा खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको शत प्रतिशत सेयर रहेका छ भने नेपाल दूरसञ्चार कम्पनीमा ९१.४९ सरकारको र ८.५१ संस्थान/निजी क्षेत्रको रहेको छ।

विद्युत उत्पादनन कम्पनीमा ६६.११ सरकारको र ३३.८९ संस्थान÷निजी क्षेत्रको र राष्ट्रिय प्रसारण ग्रिड लाइनमा सरकारको ९९.२० र संस्थान/निजी क्षेत्रको १.७२ प्रतिशत लगानी रहेको छ।

यसैगरी, कृषि सामग्रीमा सरकारको ९७.१८ र संस्थान/निजी क्षेत्रको २.८२ प्रतिशत, राष्ट्रिय बिउविजनमा सरकारको ९२.८८ र संस्थान/निजी क्षेत्रको ७.१२ प्रतिशत, नेपाल आयल निगममा सरकारको ९९.४६ र संस्थान÷निजी क्षेत्रको ०.५४, नेपाल वन निगम र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा शत प्रतिशत नै सरकारको लगानी रहेका छ।

यसैगरी कृषि विकास बैंकमा सरकारका ६९.४२ र संस्थान/निजी क्षेत्रको ३०.५८, राष्ट्रिय बिमा संस्थानमा सरकारको २७.७८ र संस्थान/निजी क्षेत्रको ७२.२२ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीमा सरकारको ४७.५० र संस्थान/निजी क्षेत्रको ५२.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९.७७ र संस्थान/निजी क्षेत्रको ०.०३ प्रतिशत र निक्षेप तथा कर्जा सुरक्षण कोषमा सरकारको ९१.८४ र संस्थान/निजी क्षेत्रको ८.१६ प्रतिशत सेयर लगानी रहेको छ।

यसैगरी नेपाल धितोपत्र बजार विनियम लिमिटेडमा सरकारको ५८.६६ संस्थान/निजी क्षेत्रको ४१.३४, नागरिक लगानी कोषमा सरकारको १० र संस्थान÷निजी क्षेत्रको ९०, जलविद्युत् लगानी तथा विकास कम्पनीमा सरकारको ५१ र संस्थान/निजी क्षेत्रको ४९ र नेपाल बैंकमा सरकारको ५१ र संस्थान/निजी क्षेत्रका ४९ प्रतिशत लगानी रहेको छ।

यसैगरी सांस्कृति संस्थान, गोरखापत्र, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी र जनक शिक्षा सामग्री केन्द्र ५ वटा सामाजिक क्षेत्रका संस्थानका सरकारको सत प्रतिशत लगानी रहेको छ।

यसैगरी सेवा क्षेत्रको पनि नेपाल रेल्वे कम्पनी, नेपाल पूर्वाधार निर्माण कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनी र नेपाल कन्स्ट्रक्सन कम्पनी नेपालमा सरकारको शत प्रतिशत सेयर लगानी रहेको छ।

यसैगरी साझा यातायातमा सरकारको ९४.३८ र संस्थान/निजी क्षेत्रको ५.६२, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रमा सरकारको २३.९५ र संस्थान/निजी क्षेत्रको ७६.०५ र औद्योगिक क्षेत्र व्यवस्थापनमा सरकारको ९८.८६ र संस्थान/निजी क्षेत्रको १.१४ प्रतिशतको लगानी रहेको छ।

सार्वजनिक संस्थानहरुको कुल आयकरमा आर्थिक वर्ष २०७५/७६ मा ९ दशमलब ०४ प्रतिशत योगदान रहेका थियो। सार्वजनिक संस्थानहरुले ३० हजार ७ सय ६९ जनालाई रोजगारी दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
सम्बन्धित सामग्री
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्... मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, पुस १५, २०८२
सुनको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्