काठमाडौं- सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै विकास निर्माणको काम रोक्ने निर्णय गरेको छ।
काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा २० गतेसम्म थप्ने निर्णयसँगै विकास निर्माणको काम पनि बन्द गर्ने निर्णय गरेको हो।
सीडीओहरूको बैठकले सार्वजनिक तथा निजी विकास निर्माणको काम बन्द गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै विकास निर्माणको सामान ढुवानी गर्ने सवारी सञ्चालनमा समेत रोक लगाउने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।