काठमाडौं- नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८३ निष्काशन गरेको छ। सरकारको तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा २ अर्ब रूपैयाँको नागरिक बचतपत्र २०८३ निष्काशन गरिएको हो।
उक्त बचतपत्रमा नेपाली नागरिकले मात्रै आवेदन दिन पाउने छन्। बचतपत्रको नाम ‘नागरिक बचतपत्र २०८३ (५ वर्षे) रहने राष्ट्र बैंकले जनाएको छ।
वार्षिक ब्याजदर ९ प्रतिशत हुने छ। तर, त्यसमा कर भने लाग्ने छ। ब्याज भुक्तानी भने प्रत्येक ६/६ महिना हुने र साँवा भने २०८३ असार ६ गतेमात्रै भुक्तानी हुने छ।
बचतपत्र खरिद गर्न पाउने सीमा रकम भने घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निःशेष जाने रकम हुने छ।
बचतपत्र खरिदकर्ताले उक्त रकम धितो राखी राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने पाउने समेत बैंकले जनाएको छ। बचचपत्र खुला हुने अवधि २०७८ जेठ ११ गतेबाट असार १ गतेसम्म रहेको छ।
बचतपत्र निष्काशन भने असार ६ गते हुने राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ नागरिक बचतपत्र २०८३ को अन्य विवरण :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।