फाइल तस्वीर
काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपत्यकालगायत देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ। निषेधाज्ञासँगै सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ। तर, उद्धार तथा चार्टर उडान भने बन्द छैन। साथै कार्गो उडान पनि चलिरहेका छ।
निषेधाज्ञाको पछिल्लो १३ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी ८ सय १८ वटा उडान तथा अवतरण भएका छन्।
विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीका अनुसार १० मेदेखि २३ मे सम्ममा त्रिभुव विमानस्थलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडानतर्फ १ सय १९ वटा उडान तथा अवतरण भएको छ।
जसमा ६१ वटा उडान र ५८ वटा अवतरण भएका छन्।
यसैगरी आन्तरिक उडानतर्फ भने ९९ प्रतिशत उडान हेलिकोप्टरको रहेका छ। आन्तरिकतर्फ १३ दिन ६ सय ९८ वटा उडान तथा अवतरण भएका छन्।
जसमा ३ सय ४९ वटा उडान भएको छ भने ३ सय ४९ वटा नै अवतरण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।