काठमाडौं – निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले फेरि अर्काे एटीआर ७२ जहाज थपेकाे छ। याेसँगै बुद्ध सँग १५ जहाज भएका छन्।
बुद्धसँग १० वटा एटीआर ७२, ३ एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाज भएका छन्।
यात्रु संख्याका आधारमा बुद्ध सबैभन्दा ठुलाे कम्पनी हाे। आन्तरिक उडानकाे कुल यात्रु ५४ प्रतिशत बुद्धले मात्रै बाेक्छ।
बुद्धले अन्तरप्रदेश तथा क्रस सिटी उडानसमेत गर्दै छ।
बुद्ध एयरले अहिले धनगढी,नेपालगन्ज, सुर्खेत, भैरहवा, पाेखरा, चितवन, राजविराज, विराटनगर, जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, तुम्लिङटारमा उडान गर्दै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।