काठमाडौं– चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाखसम्म नेपालले भारत तथा तेस्रो मुलकबाट साढे १२ खर्ब रुपैयाँभन्दा बढीमा सामान आयात गरेको छ।
भन्सार विभागमा अनुसार १० महिनामा कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो देशबाट नेपाल भित्रिएको हाे। आयात रकम गत आवको सोही अवधिको भन्दा २२ दशमलब ३४ प्रतिशतले बढी रहेकाे विभागले जनाएकाे छ।
गत आवको सोही अवधिमा नेपालले भारत तथा तेस्राे मुलकबाट १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको सामान आयात गरिएकाे थियाे।
विभागका अनुसार चालू आवा निर्यात पनि बढेको छ। १० महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलुकमा कूल १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।
यो रकम गत आवको सोही अवधिको भन्दा ३२ दशमवल १९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिका नेपालबाट कूल ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बरारको सामान निर्यात भएको थियो।
विभागका अनुसार आयात र निर्यात दुवै बढेसँगै वैदेशिक व्यापार घाटा पनि बढेको छ। वैदेशिक व्यापार घाटा गत आवको तुलनमा चालू आवमा २१ दशमलब ४८ प्रतिशतले बढेको हाे।
१० महिनाको कूल वैदेशिक व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ।
गत आवको १० महिना वैदेशिक व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ थियो
कूल वैदेशिक व्यापार भने २३ दशमलब ०७ प्रतिशतले बढेको छ। चालू आवको कूल वैदेशिक व्यापार रकम १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको विभागले जनाएकाे छ।
गत आवको १० महिनाको कूल वैदेशिक व्यापार रकम ११ खर्ब ७ अर्ब २० करोड २५ लाख ५२ हजार रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।