काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ अनुसार अब जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका छोरा–छोरीले वंशजको आधारमा नेपाली नागरिकता पाउने भएका छन्।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले ऐनको दफा ३ मा ३ वटा उपदफा थपेको छ। थपिएको उपदफामध्येको उपदफा (४) मा सम्वत् २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिको सन्तानले बाबु र आम दुवै नेपालको नागरिक रहेछन् भने १६ वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा वंशजको नागरिकतासम्बन्धमा गरिएको व्यवस्था
अध्यादेशबाट थपिएको व्यवस्थाअनुसार अब बाबु र आमा दुवै जन्मसिद्ध नागरिक भएपनि उनीहरुका सन्तानले वंशजको आधारमा नागरिकता पाउन सक्नेछन्।
नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ ले नागरिकता ऐन, २०६३ को दफा ३ मा थप गरेका उपदफा र वंशजको नागरिकताका सम्बन्धमा गरिएका नयाँ व्यवस्था
यस्तै, थपिएको उफदफा (५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुने नसेकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउने व्यवस्था गरिएको छ।
यद्यपि उपदफा (५) अनुसार नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहर भएमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन। त्यस्ता व्यक्तिले बाबुको नागरिकतोको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी ‘तोकिए बमोजिम’ स्वघोषणा गरेमा भने अङ्गीकृत नागरिकतामा परिणत गरिने व्यवस्था अध्यादेशमा गरिएको छ।
यस्तो छ नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।