काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।
उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरे ।
अब दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको थप सुनुवाइ सुरु हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।