काठमाडाैं- नायिका श्वेता खड्काले कोरोना भाइरस माहामारीमा नि:शुल्क खाना खुवाउने हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेकी छन्।
हाम्रो टिम नेपालकी सदस्य इशा गरुङले श्वेताको परिवारले अहिलेसम्म १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेकी छन्।
श्वेताले फेसबुकमा सामाजिक क्षेत्रलाई अभिनयले भन्दा मनले जोडेर राख्न चाहेकाे बताएकी छिन्।
उनले लेखेकी छन्, ‘सामाजिक कामको जिम्मेवारी अर्कै छ। जहाँ अभिनयभन्दा पनि वास्तविक जिवनको भोगाइमा सम्मिश्रित भइन्छ। अर्काको दु:ख आफ्नै जस्तो लागेर रोइन्छ अनि अर्काको सुखमा हाँसी खुशी रमाइन्छ। जहाँ मन जोडिन्छ नि हजुर ! त्यहाँ भावना मिल्छ। म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु, अभिनयले होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।