• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ११, २०८२ Mon, Feb 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फुर्सदमा ज्योति मगर, भन्छिन्- दिनमा सुत्छु, रातमा उठ्छु

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  ०६:४६
1140x725

काठमाडौं- चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी कोभिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्। त्यसो त, केही दर्शकको साथमा चैत ३१ गते अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भने उनले स्टेजको भोक केही हदसम्म मेटाएकी थिइन्।

यो बीचमा दर्शकको आँखा अगाडि रहन उनले रियालिटी सो 'डान्सिङ वीथ स्टार्स नेपाल'मा कम्मर मर्काइन् त कहिले फुडगन्ज नामको एपको खाना ग्राहकलाई डेलिभरी गरिन्। 

Ncell 2
Ncell 2

कोभिड अघिसम्म व्यस्त जिन्दगी थियो उनको। रोल्पामा जन्मिएकी ज्योति ‘उही मुलाको सिन्की, उही मुलाको चाना’, ‘जिम्वाल बाउको छोरी’ लगायतका लोकदोहोरी गीत गाएर चर्चामा आइन्। 

जब चर्चामा आइन्, उनले निकै व्यस्तताबाट आफूलाई अगाडि बढाइन्। प्रायः समाचार र गसिपमा छाउन अनेक हर्कत गर्नेदेखि स्टेजमा छोटा कपडा लगाएर दर्शक नचाउने काममा उनलाई अरु कलाकारले उछिन्न सकेनन्। 

उनै व्यस्त गायिका तथा मोडल ज्योति मगर कोभिडको समयमा भने फुर्सदिली बनेकी छन्। अहिले सरकारले निशेधाज्ञा जारी गरेपछि झनै उनी एकै ठाउँमा थुनिन बाध्य छिन्। दिनभर ज्योति मगर के के गर्छिन् त ?

ज्योतिको एक्लो दैनिकी उनकै शब्दमा :
निकै हुलमुल र भिडभाडमा समय बिताउने बानी परेकाले होला अहिले मलाई निकै गाह्रो भइरहेको छ। बस्दा बस्दा जिउ दुख्ने, आलस्य हुने जस्ता समस्या देखिन थालेका छन्। 
दिनभर पनि सुतिरहेकी हुन्छु, रातभर उठिरहेकी हुन्छु। मलाई त अचेल कुन दिन हो, कुन रात त्यो पनि पत्तो हुँदैन। खै के भएको हो, जतिबेला पनि सुत्न मन लाग्छ। 
मेरो काम पनि एक्लै गर्न नमिल्ने नै हो। संगितको काम टिमवर्क हो। अहिले एक्लो परेकाले संगीतका काम भएका छैनन्। स्टेज सबै बन्द छ भन्ने कुरा त थाहा नै छ। 
म योजना नबनाइ हिँड्ने मानिस परें। कहिल्यै यस्तो समय आउला, यतिधेरै फुर्सद होला भन्ने नै लागेन। त्यही भएर फुर्सद भए, एक्लो परे यस्तो गर्छु, उस्तो गर्छु भनेर कुनै योजना बनाइनँ। म पहिले पनि योजनाविहीन थिएँ, अहिले पनि हालत त्यस्तै छ। पहिले योजना बनाएर अगाडि बढे जीवन बोरिङ होला भन्ने लाग्थ्यो। अहिले योजना नबनाएकाले जीवन बोरिङ बनिरहेको छ। मान्छेको जातलाई जे गरेपनि सुख नहुने रहेछ। 
फुर्सद भएको समयमा यसो संगीतको रियाज गरे पनि हुने हो। तर, खाली दिमाग सैतानको घर भन्छन् नि, चाहिने काम त गर्नै मन लाग्दैन। फेरि हाम्रो बानी पनि जब परीक्षा आयो, त्यही बेलामा मात्रै पढ्ने हुन्छ नि, रियाजको केसमा पनि त्यही भइरहेको छ। अहिले कार्यक्रम पनि छैन। रेकर्डिङ नि छैन के को रियाज गर्नु जस्तो लाग्छ। 
म आजभोलि सामाजिक सञ्जालहरु पनि निकै कम चलाउँछु। फेसबुक खोल्यो खाली डरलाग्दा र मान्छे मरेका समाचार मात्रै आउँछ। बरु यसो टिकटक भने चलाएर रमाइलो गर्छु। अरुले बनाएका रमाइला टिकटक हेरेर समय बिताउन मन परिरहेको छ अहिले। कहिलेकाहीँ मूड चले टिकटक बनाउँछु पनि।
यो समयमा मैले पुराना फिल्म पनि हेरें। नेपाली र केही भोजपुरी फिल्म हेर्दा नयाँ कुरा केही पाइनँ। मलाई फेसन बढी चाख लाग्ने भएकाले त्यो समयका पहिरनले भने तान्यो। 
कहिलेकाहीँ मूड चलिहाल्यो भने एक्ससाइज पनि गर्छु। तर, जति व्यस्त जिन्दगी हुँदा एक्सर्साइजले फुर्तिलो अनुभूति हुन्थ्यो त्यो अहिले हुँदैन। पहिले एक घण्टा एक्सर्साइज गर्‍यो, चिसो पानीले नुहायो, फ्रेस भयो र बाहिर निस्क्यो हुन्थ्यो। त्यो एक घण्टाको एक्सर्साइजले दिनभर फुर्तिलो बनाउँथ्यो। तर, अहिले दुई घण्टा एक्सर्साइज गर्‍यो अनि २२ घण्टा सुत्यो।
यही एक्सर्साइजकै कुराले मलाई के फिल गरायो भने, हामी शारीरिक रुपमा मात्रै हैन, मानसिक रुपमा पनि फुर्तिलो हुन जरुरी छ। दिमागलाई जति धेरै व्यस्त बनायो हामी त्यति फुर्तिलो र चलायमान हुने रहेछौं। 
अहिले काठमाडौंमा म दिदीका छोराहरुसँग बस्छु। उनीहरु आ–आफ्नो कोठामा मोबाइल, ल्यापटप चलाएर बस्छन्। त्यही भएर एक्लो छु भन्दा फरक पर्दैन। मुख बोल्ने साथी नहुँदाको पीडा अनुभूति गरिरहेकी छु।
अघिल्लो लकडाउनमा त म रोल्पामा आमा बुबासँग थिएँ। समय बित्न यति गाह्रो होला भन्ने महशुस नै भएन त्यो समयमा। अहिले भने गाह्रो भएको छ।
यही मेसोमा मैले युट्युब हेरेर मःम पकाउन जानें। मःमको अचार पनि मीठो बनाएँ। आफूले पकाएर आफैंलाई मन परेको यही परिकार हो। यो बाहेक मैले चिकेनको अचार बनाउन जानें। स्यान्डविच पनि बनाउँन त जानें तर, खासै मीठो बनेन।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलको उन्मुक्ति
इरानबाट बाहिरिन भारतको आग्रह
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
सिंहदरबार जलाएको आरोपमा पक्राउ परेकालाई सरकारी वकिलको उन्मुक्ति सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्