काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बुढानीलकण्ठ पुगेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन्।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझ ५ सम्मको समय दिएपछि दलहरु छलफलमा जुटेका हुन्।
देउवा निवासमा हुने छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् भने जनता समाजवादीका नेताहरु पनि पुग्ने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।