• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गगन लक्षित शशंकको टिप्पणी– अरुलाई कुरुप देखेर आफू सुन्दर भइँदैन

64x64
नेपाल लाइभ सोमबार, साउन २५, २०८३  १८:२४
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे।

उनले नेपाली कांग्रेसले इतिहासमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै पार्टीभित्र कसैलाई गाली गरेर आफ्नो पक्ष बलियो नहुने बताए।

‘अरुलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन । हामी गगन थापालाई किन गाली गर्छौं? गाली गर्नै पर्दैन,’ उनले भने, ‘गाली गर्‍यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन गाली गर्नुहुन्छ? केही भन्दै नभन्नुस्, त्यो नै सबैभन्दा ठूलो अपमान हो,’ उनले भने । 

कोइरालाले आफूलाई पार्टीले संयोजकको जिम्मेवारी दिएपछि अप्ठ्यारो अवस्थामा उभिएको उल्लेख गर्दै सबैलाई समेटेर पार्टी एकताबद्ध गर्नु आफ्नो प्राथमिकता रहेको बताए।

‘म एक्लो मान्छे हुँ तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,’ उनले भने, ‘म एक्लैले केही गर्न सक्दिनँ । तपाईंहरूको सहयोग भयो भने, हातमा हात मिलायो भने धेरै बलियो हुन्छ,’ उनले भने । 

उनले संघर्षबाट नेपाली कांग्रेस निखारिएर आएको भन्दै पार्टीको भविष्य युवाको हातमा रहेको बताए। ‘आजका युवाहरूले यो पुष्टि गर्छन् कि भोलिको नेपाली कांग्रेस बलियो हुन्छ,’ उनले भने।


नेपाली कांग्रेस नयाँ चरणको संघर्षमा प्रवेश गरेको छ : सिटौला
यस्तै अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नयाँ चरणको संघर्षमा प्रवेश गरेको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सिटौलाले पछिल्लो घटनाक्रमले पार्टीलाई नयाँ चरणको संघर्षमा प्रवेश गराएको बताए। उनले कार्यकर्तालाई धैर्यताका साथ अघि बढ्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताए।

उनले भने, ‘के नेपाली कांग्रेस फेरि एउटा नयाँ चरणमा प्रवेश गर्दैछ? संघर्षको एउटा नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने बोध भएको छ । तपाईंहरू निरन्तर अगाडि बढ्नुस्, हामी साथमा छौं।’

उनले नेपाली कांग्रेसको इतिहासमै नभएको विशेष घटनामा रुमलिएको दाबी गरे। उनले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र संसद् भवनमा आगजनी, तोडफोड तथा साङ्घातिक हमला हुनु गम्भीर विषय भएको बताए ।

‘नेपाली कांग्रेसको इतिहासमा कहिले पनि यस्तो घटना घटेको छैन । विशेष महाधिवेशनको नाममा केन्द्रीय कार्यसमितिलाई विघटन इतिहासकै नौलो भयो । साथै नेपालमा कहिले पनि सिंहदरबारमा, सर्वोच्च अदालतमा, राष्ट्रपति भवनमा, संसद् भवनमा आगो लागेको थिएन,’ उनले भने । 

Xtrem

Xtrem

उनले कांग्रेसका सभापति तथा कार्यकर्तामाथि समेत तोडफोड, आगजनी, लुटपाट र साङ्घातिक हमला भएको भन्दै यस्तो घटना विगतका कुनै पनि संघर्षका क्रममा नभएको बताए।

सिटौलाले विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाए। उक्त निर्णय कांग्रेसको विधान, निर्वाचनसम्बन्धी कानुन तथा संविधानविपरीत रहेको उनको दाबी थियो।

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनका लागि बाटो खोलेको भन्दै उनले कांग्रेसले न्याय पाउनेमा आफूहरू पूर्ण आशावादी रहेको बताए।

सभापति शेरबहादुर देउवामाथि भएको साङ्घातिक हमलाको विषयमा पनि सिटौलाले आपत्ति जनाए । देउवा अस्पतालमा रहेको अवस्थामा पार्टीकै महामन्त्रीबाट उनलाई हटाउनुपर्ने अभिव्यक्ति आउनु आफूले बुझ्न नसकेको उनले बताए।

उनले कांग्रेसलाई एकताबद्ध बनाएर लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्