काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक सजिलो (Sajilo) ले सरकारले लागू गरेको नयाँ कर व्यवस्थाका कारण यात्रुको भाडामा अतिरिक्त शुल्क लाग्ने जनाएको छ।
सजिलोले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साउन १ गतेदेखि राइड सेयरिङ सेवामा ५ प्रतिशत भ्याट (VAT) तथा १ प्रतिशत टीडीएस (TDS) अनिवार्य रूपमा लागू गरिएको छ।
सरकारको नयाँ कर व्यवस्थाअनुसार यात्रुको भाडामा ५ प्रतिशत अतिरिक्त शुल्क थप गरिएको सजिलोले जनाएको छ। उक्त शुल्क सबै यात्रुको भाडामा लागू हुने कम्पनीको सूचनामा उल्लेख छ।
कर व्यवस्थामा भएको परिवर्तनका कारण उपभोक्तालाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै कानुनी व्यवस्था पालना गर्नु आफ्नो दायित्व भएकाले यात्रुबाट सहयोग र विश्वासको अपेक्षा गरेको जनाएको छ।
सजिलोले २९ जुलाई २०२६ मा यस्तो सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।