काठमाडौं- नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बहुमत जुटाउन छलफल शुरु भएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन्। उनीहरूबीच देउवानिवास बूढानीलकण्ठमा छलफल जारी छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि गरेको आह्वानमा बहुमत जुटाउने रणनीतिका लागि उनीहरू छलफलमा जुटेका हुन्।
उक्त छलफलमा जसपा नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई पनि पुग्ने बताइएको छ। माओवादी केन्द्रले आजै दिउँसो पार्टीको स्थायी समिति बैठक पनि बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।