काठमाडाैं– विपक्षी दलको बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
कांग्रेसले विपक्षी दलसँगको छलफल पछि भावी कदम चाल्ने निर्णय गरेको थियो। अन्य दलको परामर्श गर्ने कांग्रेस निर्णय लगत्तै प्रचण्ड कांग्रेस सभापति देउवा निवास पुगेका हुन्।
अन्य दलका नेताहरु पनि देउवा निवास पुग्ने क्रममा रहेको बताइएको छ।
संसदको कुनै एक सदस्यले बहुमत पुर्याउने आधार सहित सरकारको नेतृत्व दाबी गर्न राष्ट्रपति कार्यालयले साँझ ५ बजेसम्मको समय दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।