काठमाडाैं– नेपाली कांग्रेसले विपक्षी अन्य दलहरुको सहकार्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रतिरोध गर्ने भएको छ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष तहका नेताको बैठकले बिहीबार राष्ट्रपतिले गरेको आह्वान संविधान मिच्ने प्रधानमन्त्रीको विगतकै प्रवृत्तिको निरन्तरता भएको ठहर गरेको छ।
‘प्रधानमन्त्रीमा ओली निर्वाचित भइसकेपछि श्रृङ्खलावद्ध संविधान मिच्ने कार्यको यो अर्को निरन्तरता हो,’ बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले भने,‘ राजीनामा नगरी ७६ (५) को प्रक्रिया अघि बढाउनु र २१ घन्टे समय सीमा तोक्नुले संविधान मिचिएको स्पष्ट गर्छ।’
संविधान कमजोर गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको प्रवृत्तिलाई रोक्न उपयुक्त बाटो तय गर्न अन्य दलका नेताहरुसँग पनि छलफल गरि रणनीति बनाउने उनले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अबको कदमबारे सबै दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गर्ने गरेको थियो। साेही आधारमा विपक्षी दलहरूसँग छलफल गर्न लागिएको महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।