फाइल तस्वीर।
काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। उसले केहीबेरपछि विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो।
'केही बेरमै अरु दलसँग छलफलमा बस्छौं', कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले भने।
कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अबको कदमबारे सबै दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गर्ने गरेको थियो। साेही आधारमा विपक्षी दलहरूसँग छलफल गर्न लागिएको महतले बताए।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझ ५ बजेम्मको समय दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।