फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको कदमलाई संविधानमाथिको जालसाझीको रुपमा अर्थ्याएका छन्।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहभागी भएपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै त्यसका विरुद्ध ठोस कमद चाल्ने पाैडेलले बताए।
‘हामी यो बेलामा संविधान बचाउनका लागि सबै पार्टीसँग अहिले कुरा गर्दैछौं। कुरा गरेर ठोस कदम चाल्छौं’, उनले भने।
पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गरेको र कांग्रेसले यसको निन्दा गरेको स्मरण गराउँदै त्यसमा आवश्यक कारबाहीको लागि हामी अगाडि बढ्ने बताए।
‘राष्ट्रपति र प्रधानमन्त्रीले जुन किसिमको आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राजीनामा गरेको छैन। प्रधानमन्त्री अपदस्थ भएको छैन। प्रधानमन्त्री हुँदाहुँदै अर्को प्रधानमन्त्रीका लागि थोरै समय दिएर अर्को प्रधानमन्त्रीको लागि आह्वान गरिएको थियो भन्ने पार्नलाई जुन जालसाझी भइरहेको छ, यो संविधानमाथि जालसाझी भएको छ। नेपाली कांग्रेस यसको विरुद्धमा एक मत भएर उभिन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।