काठमाडौं– जनता समाजवादी पार्टी नेपाल(जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ।
शुक्रबार ११ बजेका लागि संसदीय दलका नेता राजेन्द्र महतोले बैठक बोलाएका हुन्। बैठकमा सहभागी हुन नेताहरु सिंहदरबार आउने क्रम शुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधार ५ बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा तोकेर आह्वान गरेपछि जसपाले संसदीय दलको बैठक बोलाएको हो।
तर दलको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको छैन।
नेता राजेन्द्र श्रेष्ठले बैठकबारे जानकारी नभएको नेपाल लाइभसँग बताए। ‘हामीलाई बोलाएको छैन दलको बैठकमा आउँदैनौ, नेता श्रेष्ठले भने।
बैठकमा तत्कालीन राजपा पक्षका सांसदहरुमात्र उपस्थित हुने जनाइएको छ।
बैठकमा लक्ष्मणलाल कर्ण, रुनाज खातुन, दुलारी देवी खतवी जिल्लामा छन् भने राजकिशोर यादवका बुवा बितेकाले उनी बैठकमा सहभागी हुन नसक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।