काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त गर्ने भनेको पदत्याग गरेको हो भन्ने नबुझेको कि बुझ पचाएको भन्दै प्रश्न गरेका छन्।
विपक्षीहरुले प्रधानमन्त्रीले राजीनामा नदिई धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि आह्वान हुनु गैर संवैधानिक भनिरहँदा थापाले यस्तो प्रश्न गरेका हुन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५)अनुसार सरकार बनाउनलाई मार्ग प्रशस्त गरेको भन्दै त्यसको अर्थ पदत्याग भएको उल्लेख गरेका हुन्। ‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू?’ उनले भनेका छन्,‘बहुमत सदस्यहरू (१३८जना)को समर्थनमा धारा ७६(५बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त! "के काे सारंगी -याई-याई भयाे जीवन तिरिमिरी झ्याई?'
बिहीबार बसेको मन्त्रिपरिषदको सिफारिसानुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यहरुलाई आह्वान गरेकी थइिन्।
संविधानको संविधानको धारा ७६ को उपधारा (५) अनुसार आफूले बहुमत सिद्ध गर्ने आधारसहित प्रतिनिधि सभाका कुनैपनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्न सक्छन्।
राष्ट्रपति भण्डारीले उपधारा ९५० अनुसार प्रधानमन्त्रीमा आधार प्रस्तुत गर्नका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।