काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम संविधान विपरीत र अलोकतान्त्रिक भएकाे ठहर गरेकाे छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेल बिहीबार अबेर राति विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति संविधान विपरीत र अलोकतान्त्रिक भएकाे टिप्पणी गरेका हुन्।
यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न कांग्रेसकाे केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठक भोलि बाेलाइएकाे उनले बताएका छन्।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।