काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानमाथिको आक्रमणको शृंखला रोकिने संकेत नदेखिएको बताएका छन्।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि भट्टराईले यस्ताे प्रतिकृया दिएका हुन्।
‘खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाव्याधिको यत्रो संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरूलाई दण्डित–परास्त गरौं’, भट्टराईले भनेका छन्।
उनले सबैले दलीय तथा निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ त्यहीअनुसार धारा ७६ (५) बाटै निकास दिन अपील गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।