काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेकी छन्। 
बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय पछि भएको सिफारिसानुसार राष्ट्रपति भण्डारीले उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्य (सांसद)हरुलाई आह्वान गरेकी छन्। 
संविधानको धारा ७६ को उपधारा (५) अनुसार आफूले बहुमत सिद्ध गर्ने आधारसहित प्रतिनिधि सभाका कुनैपनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्न सक्छन्।  
राष्ट्रपति भण्डारीले उपधारा (५) अनुसार प्रधानमन्त्रीमा आधार प्रस्तुत गर्नका लागि जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्। 

 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।