मुम्बई- बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति जोनसले भारतका कोरोना संक्रमितको लागि २२ करोड भारु संकलन गरेका छन्।
इन्स्टाग्राममार्फत् प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गरेकाे जानकारी दिएकी हुन्।
उनले सहयोग गर्ने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका कोरोना संक्रमितको ज्यान जोगाउन मद्दत पुर्याउने बताएकी छिन्।
‘हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं। हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं। यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्,’ उनले भनेकी छिन्।
उनका अनुसार सहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको छ। जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिन्छ।
भारतमा कोरोना संक्रमितहरु अक्सिजनको अभावमै ज्यान गुमाइरहेका छन्। उनको अभियानलाई विश्वभरका भारतीयले समर्थन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।