Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योग, प्रतिष्ठान, कम्पनी लगायतले हदबन्दी भन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  १२:४२
1140x725

काठमाडौं– सरकारी हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने स्वीकृति पाएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले हदभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने भएका छन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको हदबन्दी छुट दिने सम्बन्धि आदेश, २०७८ जारी गर्दै यस्तो निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको आदेश राजपत्रमा प्रकाशित भइसकेको छ। 

आदेशको प्रस्तावनामा उद्योग, कृषि, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा घर जग्गाको व्यवसाय गर्ने प्रयोजनको लागि प्रचलित कानुन बमोजिम स्थापना भएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने सम्बन्धी व्यवस्था गर्न भनिएको छ। 

मन्त्रालयले भूमि सम्बन्धी ऐन २०२१ को दफाले दिएको अधिकार प्रयोग गरी आदेश–२०७८ जारी गरेको जनाएको छ। यस अघि जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश–२०७४ जारी भएको थियो।

हदभन्दा बढी जग्गा खरिद गर्न १५ सर्त 

मन्त्रालयले जारी गरेको आदेश–२०७८ मा हदभन्दा बढी जगा खरिद गर्न स्वीकृतिका लागि निवदेश दिँदा १५ वटा सर्त पूरा भएको हुने पर्ने उल्लेख छ। 

ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण वा स्वास्थ्य संस्था, कृषि व्यवसाय सम्बन्धी फर्म, संघ संस्था र अन्य सार्वजनिक संस्थाले १५ सर्त पूरा गर्नुपर्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

१. खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधिकतम क्षेत्रफल, जग्गाको प्रकार र उपलब्ध भएसम्मको अन्य विवरण

२. उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थासँग सम्बन्धित मन्त्रालयको सिफारिस

३.उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र र उद्योग, प्रतिष्ठान वा कम्पनीको स्तर खुलाउनु पर्ने भए सोको विवरण

४.संस्थाको सञ्चालक समितिको जग्गा खरिद गर्ने निर्णयको प्रतिलिपि र अख्तियारी पत्र

Xtrem

Xtrem

५. खरिद गर्न चाहेको जग्गा रहेको स्थानीय तहको सिफारिस

६.विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि

७.स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

८.आयोजना स्वीकृत हुनु पर्ने उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो आयोजना स्वीकृति पत्रको प्रतिलिपि 

९.लगानी बोर्डबाट स्वीकृत परियोजनाको हकमा लगानी वोर्डको सिफारिस

१०.संस्थापक तथा सञ्चालकहरु नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र विदेशी नागरिक भए राहदानीको प्रतिलिपि

११. संस्थापक तथा सञ्चालकको नाम, स्थायी ठेगाना, बसोबास गरेको स्थान खुल्ने कागजातको प्रतिलिपि वा सञ्चालक हेरफेर भएमा सो सम्बन्धी कागजातको प्रतिलिपि

१२. सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाबाट भइरहेका कार्यहरुको विवरण

१३.विदेशी लगानी गर्ने उद्योग, प्रतिष्ठान र आयोजना भए विदेशी लगानी स्वीकृति पत्र

१४.उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा रहेको सम्पूर्ण घर जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र सो जग्गाको मालपोत तिरेको रसिदको प्रतिलिपि

१५.सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा पछिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन आदेशमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दर्ताको प्रकृतिका आधारमा सोही उपदफामा उल्लिखित कुनै विवरण वा कागजातहरु त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी आयोजना वा संस्थासँग सम्बन्धी नहुने भए त्यस्तो विवरण पेस गर्नु नपर्ने उल्लेख छ।

प्राकृतिक विपदको कारण प्रयोग गर्न नसकिने भएमा अन्य जग्गा खरिद गर्न सक्ने

जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८ मा प्राकृतिक विपदको कारण प्रयोग गर्न नसकिने भएमा अन्य जग्गा खरिद गर्न सक्ने व्यवस्था गरेको छ। कुनै उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले यस आदेश बमोजिम हदबन्दी छुटमा लिएको जग्गा प्राकृतिक विपद्को कारण पूर्ण वा आंशिक रुपमा क्षति भई उद्देश्य अनुरुप प्रयोग गर्न सक्ने अवस्था नभएमा सो जग्गाको सट्टा अन्य कुनै स्थानको जग्गा आवश्यक भएको कारण खोलि सम्बन्धित निकायको सिफारिससमेत संलग्न गरी मन्त्रालयमा निवेदन दिन सकिने आदेशमा उल्लेख छ।

सोही बमोजिमको निवेदन प्राप्त हुन आएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई प्राकृतिक प्रकोपको कारणबाट प्रयोग हुन नसक्ने जग्गा नेपाल सरकारलाई हस्तान्तरण गर्न लगाई सो क्षेत्रफल बराबरको जग्गा अवधि तोकी खरिद गर्न नेपाल सरकारले स्वीकृति दिन सक्ने आदेशमा उल्लेख छ।

तोकिएको अवधि समाप्त भएपछि जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा

आदेशमा हदबन्दीभन्दा बढी खरिद गरिने जग्गाको उपभोगका लागि तोकिएको अवधि समाप्त भएपछि त्यस्तो जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा आउने उल्लेख छ। आदेश जारी भए पश्चात स्वीकृति नलिई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएमा त्यस्तो जग्गा प्रचलित कानुन बमोजिम जफत गरिनेछ। र, त्यस्तो जग्गाको स्वामित्व परिवर्तनको लागि लिखत पारित तथा दाखिल खारेजमा संलग्न कर्मचारीलाई त्यस्तो कर्मचारीको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय सजाय हुने आदेशमा उल्लेख छ।

लगानी बोर्डबाट स्वीकृत भएका परियोजना हकमा

लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाका हकमा आदेशको  अनुसूची १ को दफा ४ को उपदफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाको हकमा खरिद गर्ने जग्गाको अधिकतम हद र खरिद गर्ने अवधि दुई वर्षमा नबढ्ने गरी लगानी सम्झौतामा उल्लेख भए बमोजिम हुने उल्लेख छ। 

आदेश बमोजिमको अवधिभित्र जग्गा खरिद हुन नसकेको कारणसहित म्याद थपका लागि लगानी बोर्डबाट सिफारिस भई आएमा मन्त्रालयले सम्झौतामा उल्लिखित हदसम्मको जग्गा खरिद गर्न बढीमा एक वर्षको म्याद थप गर्न सक्ने उल्लेख छ।

यस्तो छ जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्