• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उद्योग, प्रतिष्ठान, कम्पनी लगायतले हदबन्दी भन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  १२:४२
1140x725

काठमाडौं– सरकारी हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने स्वीकृति पाएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले हदभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने भएका छन्। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको हदबन्दी छुट दिने सम्बन्धि आदेश, २०७८ जारी गर्दै यस्तो निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको आदेश राजपत्रमा प्रकाशित भइसकेको छ। 

आदेशको प्रस्तावनामा उद्योग, कृषि, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा घर जग्गाको व्यवसाय गर्ने प्रयोजनको लागि प्रचलित कानुन बमोजिम स्थापना भएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने सम्बन्धी व्यवस्था गर्न भनिएको छ। 

मन्त्रालयले भूमि सम्बन्धी ऐन २०२१ को दफाले दिएको अधिकार प्रयोग गरी आदेश–२०७८ जारी गरेको जनाएको छ। यस अघि जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश–२०७४ जारी भएको थियो।

हदभन्दा बढी जग्गा खरिद गर्न १५ सर्त 

मन्त्रालयले जारी गरेको आदेश–२०७८ मा हदभन्दा बढी जगा खरिद गर्न स्वीकृतिका लागि निवदेश दिँदा १५ वटा सर्त पूरा भएको हुने पर्ने उल्लेख छ। 

ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण वा स्वास्थ्य संस्था, कृषि व्यवसाय सम्बन्धी फर्म, संघ संस्था र अन्य सार्वजनिक संस्थाले १५ सर्त पूरा गर्नुपर्ने छ।

Ncell 2
Ncell 2

१. खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधिकतम क्षेत्रफल, जग्गाको प्रकार र उपलब्ध भएसम्मको अन्य विवरण

२. उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थासँग सम्बन्धित मन्त्रालयको सिफारिस

३.उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र र उद्योग, प्रतिष्ठान वा कम्पनीको स्तर खुलाउनु पर्ने भए सोको विवरण

४.संस्थाको सञ्चालक समितिको जग्गा खरिद गर्ने निर्णयको प्रतिलिपि र अख्तियारी पत्र

५. खरिद गर्न चाहेको जग्गा रहेको स्थानीय तहको सिफारिस

६.विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि

७.स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

८.आयोजना स्वीकृत हुनु पर्ने उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो आयोजना स्वीकृति पत्रको प्रतिलिपि 

९.लगानी बोर्डबाट स्वीकृत परियोजनाको हकमा लगानी वोर्डको सिफारिस

१०.संस्थापक तथा सञ्चालकहरु नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र विदेशी नागरिक भए राहदानीको प्रतिलिपि

११. संस्थापक तथा सञ्चालकको नाम, स्थायी ठेगाना, बसोबास गरेको स्थान खुल्ने कागजातको प्रतिलिपि वा सञ्चालक हेरफेर भएमा सो सम्बन्धी कागजातको प्रतिलिपि

१२. सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाबाट भइरहेका कार्यहरुको विवरण

१३.विदेशी लगानी गर्ने उद्योग, प्रतिष्ठान र आयोजना भए विदेशी लगानी स्वीकृति पत्र

१४.उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा रहेको सम्पूर्ण घर जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र सो जग्गाको मालपोत तिरेको रसिदको प्रतिलिपि

१५.सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा पछिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन आदेशमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दर्ताको प्रकृतिका आधारमा सोही उपदफामा उल्लिखित कुनै विवरण वा कागजातहरु त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी आयोजना वा संस्थासँग सम्बन्धी नहुने भए त्यस्तो विवरण पेस गर्नु नपर्ने उल्लेख छ।

प्राकृतिक विपदको कारण प्रयोग गर्न नसकिने भएमा अन्य जग्गा खरिद गर्न सक्ने

जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८ मा प्राकृतिक विपदको कारण प्रयोग गर्न नसकिने भएमा अन्य जग्गा खरिद गर्न सक्ने व्यवस्था गरेको छ। कुनै उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले यस आदेश बमोजिम हदबन्दी छुटमा लिएको जग्गा प्राकृतिक विपद्को कारण पूर्ण वा आंशिक रुपमा क्षति भई उद्देश्य अनुरुप प्रयोग गर्न सक्ने अवस्था नभएमा सो जग्गाको सट्टा अन्य कुनै स्थानको जग्गा आवश्यक भएको कारण खोलि सम्बन्धित निकायको सिफारिससमेत संलग्न गरी मन्त्रालयमा निवेदन दिन सकिने आदेशमा उल्लेख छ।

सोही बमोजिमको निवेदन प्राप्त हुन आएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई प्राकृतिक प्रकोपको कारणबाट प्रयोग हुन नसक्ने जग्गा नेपाल सरकारलाई हस्तान्तरण गर्न लगाई सो क्षेत्रफल बराबरको जग्गा अवधि तोकी खरिद गर्न नेपाल सरकारले स्वीकृति दिन सक्ने आदेशमा उल्लेख छ।

तोकिएको अवधि समाप्त भएपछि जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा

आदेशमा हदबन्दीभन्दा बढी खरिद गरिने जग्गाको उपभोगका लागि तोकिएको अवधि समाप्त भएपछि त्यस्तो जग्गा स्वतः नेपाल सरकारको स्वामित्वमा आउने उल्लेख छ। आदेश जारी भए पश्चात स्वीकृति नलिई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएमा त्यस्तो जग्गा प्रचलित कानुन बमोजिम जफत गरिनेछ। र, त्यस्तो जग्गाको स्वामित्व परिवर्तनको लागि लिखत पारित तथा दाखिल खारेजमा संलग्न कर्मचारीलाई त्यस्तो कर्मचारीको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय सजाय हुने आदेशमा उल्लेख छ।

लगानी बोर्डबाट स्वीकृत भएका परियोजना हकमा

लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाका हकमा आदेशको  अनुसूची १ को दफा ४ को उपदफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाको हकमा खरिद गर्ने जग्गाको अधिकतम हद र खरिद गर्ने अवधि दुई वर्षमा नबढ्ने गरी लगानी सम्झौतामा उल्लेख भए बमोजिम हुने उल्लेख छ। 

आदेश बमोजिमको अवधिभित्र जग्गा खरिद हुन नसकेको कारणसहित म्याद थपका लागि लगानी बोर्डबाट सिफारिस भई आएमा मन्त्रालयले सम्झौतामा उल्लिखित हदसम्मको जग्गा खरिद गर्न बढीमा एक वर्षको म्याद थप गर्न सक्ने उल्लेख छ।

यस्तो छ जग्गा हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्