काठमाडौं– कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ। माओवादीका जिल्ला सदस्य पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको हो।
पेटमा गोली लागेको उनको अहिले भैरहवामा उपचार भइरहेको कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए।
मोटरसाइकलमा सवार पाण्डेमाथि तौलिहवा–जितपुर सडकखण्डमा गोली प्रहार भएको अधिकारीले बताए।
तौलिहवातर्फ जादै गरेका पाण्डेलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको प्रहरीले बताएको छ।
गोली प्रहार गर्ने समूहको पहिचान हुन नसकेको र खोजी जारी रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।