• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बारामा दुई बालकको हत्या घटना: राति घरबाट बोलाएर लैजाने व्यक्ति को हुन्?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  २०:५४
1140x725

काठमाडौं– बारामा एकै परिवारका दुई दाजुभाइ बालकको हत्या भएको छ। कलैया उपमहानगरपालिका–७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान कलैया उपमहानगरपालिका–११ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा भेटिएको थियो।

मदर्शाको नयाँ बन्दै गरेको भवनभित्र आधा घाँटी काटिएको अवस्थामा बालकको शव भेटिएपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा घाँटी काटिएको अवस्थामा फेला परेका दुई बालकको शव कलैया–७ का अब्दुल रसार अन्सारीका दुईभाइ छोराको भएको खुलेको थियो। 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा घटनासँग सम्बन्धित केही महत्वपूर्ण सुराक (क्लु) फेला परेको छ। 

राति घरबाट बोलाएर लैजाने को हुन्?
मृतक बालकका बाबु रसार भने वैदेशिक रोजगारीका लागि कतारमा छन्। आमा भने फुपुको छोरा बितेकाले सोमबार फुपुको घर गएकी खुलेको छ। फुपुको छोराको दाहसंस्कार दिउँसो करिब ४ बजे सकिए पनि उनी घर फर्किनन्। राति ९ बजेमात्रै उनी आफ्नो घर फर्किएकी प्रहरी अनुसन्धानबाट खुलेको छ। 

घरमा एक छोरी र दुई छोरा छाडेर गएकी उनी घर फर्कँदा दुई छोरा थिएनन्। आमाले ११ वर्षीया छोरीलाई भाइहरु खोइ भनेर सोध्दा एक जना मान्छे आएर बोलाएर लगेको बताएकी थिइन। करिब ७ बजेतिर एक जना मान्छे आएर बोलाएर लगेको भनेर छोरीले बताए पनि राति ९ बजेसम्म छोराहरु उशमान र अमिन नफर्किएपछि उनीहरुको खोजी सुरु भएको थियो। 

‘हामीले रातभर खोज्यौं तर केही फेला परेन। बिहान दुई जनाकै लाश फेला पर्‍यो,’ कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले नेपाल लाइभसँग भने।

प्रहरीको अनुसन्धानबाट पनि सोमबार बेलुकी करिब ७ बजेतिर एक जना अपरिचित मान्छेले उनीहरुलाई लगेको खुलेको छ। भाइ घरमै भएको, दाइ बाहिरतिर भएको बेला दाइ उशमानसँगै एक अपरिचित व्यक्ति पनि आएको र दाइ उशमानले भाइलाई मेरो साथी हो हिँड एकछिन बाहिर गएर आउँ भनेर भाइ अमिनलाई लिएर गएको उनीहरुकी दिदीले बताएकी छिन्।

७ बजेतिर घरबाटै उशमान र अमिनलाई लिएर गएका ती व्यक्ति को हुन् भन्नेबारे अहिलेसम्म केही खुलिसकेको छैन। बाबु वैदेशिक रोजगारीमा हुनु, आमा आफन्तको मृत्यु भएपछि आफन्तको घरमा जानु र त्यही मौकामा दुई बालकको हत्या हुनुले नजिककै चिनेजानको व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुरानो रिसिबिका कारण हत्या भएको हुनसक्ने आशंकाका साथ प्रहरीले अनुसन्धान पक्रिया अगाडि बढाएको छ। यद्यपि उनीहरुलाई राति घरबाटै बोलाएर लैजाने व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अहिलेसम्म खुट्याउन सकेको छैन।

डग स्निफिङदेखि सीमा नाका जाँचसम्म
दुई बालकको विभत्स हत्या भएपछि अनुसन्धानमा जुटेको प्रहरीले तालिमप्राप्त कुकुर परिचालनदेखि सीमा नाकामा कडा जाँच समेत गरेको छ। घटनास्थललाई सुरक्षित राखेर प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दीबासबाट तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्निफिङ गराएको थियो। कुकुरले केही महत्वपूर्ण क्लुहरु दिएको प्रहरीको भनाइ छ। 

घटनास्थलबाट नजिकै भारतीय सीमा भएकाले बालकको हत्यामा संलग्नहरु सीमा पार गरेर जानसक्ने भन्दै प्रहरीले सीमा नाकामा समेत कडा जाँच गरेको थियो। शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ र निगरानी तीव्र पारिएको पनि प्रहरीले जनाएको छ। 

मृत बालकको शव पोस्टमार्टमका लागि कलैया अपस्पतामा राखिएको छ। शवको पोस्टमार्टम भइसके पनि रिपोर्ट भने आइनसकेको बाराका एसपी दीपेन्द्र शाहीले बताए।

Xtrem

Xtrem

अबोध बालक हुन्, कसैसँग रिसिबि छ जस्तो पनि लाग्दैन– मेयर यादव
हत्या गरिएका दुई बालकका गरिब परिवारका सदस्य हुन्। उनीहरुको छिमेकी समेत रहेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवका अनुसार उनीहरुको बस्ने बास बाहेक केही पनि छैन।

‘एकदमै गरिब परिवार हो। बस्नका लागि बास बाहेक १ कट्ठा पनि जमिन छैन। यस्ता अबोध बालकलाई कसले मार्‍यो होला?’ मेयर यादवले भने। उनीहरुका बाबु विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्।

बालकको हत्या भएपछि छिटोभन्दा छिटो छानबिन गरेर दोषीलाई सार्वजनिक गरिनु पर्ने भन्दै प्रशासनलाई भनिसकेको मेयर यादवले बताए। ‘यो निकै दर्दनाक घटना हो। यस्ता अपराधीलाई चाँडै कानुनी दायरामा ल्याइएन भने भोलि अर्को दुर्घटना निम्तिन सक्छ। चाँडो अपराधी पत्ता लगाएर सार्वजनिक गर्न भनेका छौं,’ मेयर यादवले भने।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्