• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बारामा दुई बालकको हत्या घटना: राति घरबाट बोलाएर लैजाने व्यक्ति को हुन्?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  २०:५४
1140x725

काठमाडौं– बारामा एकै परिवारका दुई दाजुभाइ बालकको हत्या भएको छ। कलैया उपमहानगरपालिका–७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान कलैया उपमहानगरपालिका–११ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा भेटिएको थियो।

मदर्शाको नयाँ बन्दै गरेको भवनभित्र आधा घाँटी काटिएको अवस्थामा बालकको शव भेटिएपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा घाँटी काटिएको अवस्थामा फेला परेका दुई बालकको शव कलैया–७ का अब्दुल रसार अन्सारीका दुईभाइ छोराको भएको खुलेको थियो। 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकै क्रममा घटनासँग सम्बन्धित केही महत्वपूर्ण सुराक (क्लु) फेला परेको छ। 

राति घरबाट बोलाएर लैजाने को हुन्?
मृतक बालकका बाबु रसार भने वैदेशिक रोजगारीका लागि कतारमा छन्। आमा भने फुपुको छोरा बितेकाले सोमबार फुपुको घर गएकी खुलेको छ। फुपुको छोराको दाहसंस्कार दिउँसो करिब ४ बजे सकिए पनि उनी घर फर्किनन्। राति ९ बजेमात्रै उनी आफ्नो घर फर्किएकी प्रहरी अनुसन्धानबाट खुलेको छ। 

घरमा एक छोरी र दुई छोरा छाडेर गएकी उनी घर फर्कँदा दुई छोरा थिएनन्। आमाले ११ वर्षीया छोरीलाई भाइहरु खोइ भनेर सोध्दा एक जना मान्छे आएर बोलाएर लगेको बताएकी थिइन। करिब ७ बजेतिर एक जना मान्छे आएर बोलाएर लगेको भनेर छोरीले बताए पनि राति ९ बजेसम्म छोराहरु उशमान र अमिन नफर्किएपछि उनीहरुको खोजी सुरु भएको थियो। 

‘हामीले रातभर खोज्यौं तर केही फेला परेन। बिहान दुई जनाकै लाश फेला पर्‍यो,’ कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले नेपाल लाइभसँग भने।

प्रहरीको अनुसन्धानबाट पनि सोमबार बेलुकी करिब ७ बजेतिर एक जना अपरिचित मान्छेले उनीहरुलाई लगेको खुलेको छ। भाइ घरमै भएको, दाइ बाहिरतिर भएको बेला दाइ उशमानसँगै एक अपरिचित व्यक्ति पनि आएको र दाइ उशमानले भाइलाई मेरो साथी हो हिँड एकछिन बाहिर गएर आउँ भनेर भाइ अमिनलाई लिएर गएको उनीहरुकी दिदीले बताएकी छिन्।

७ बजेतिर घरबाटै उशमान र अमिनलाई लिएर गएका ती व्यक्ति को हुन् भन्नेबारे अहिलेसम्म केही खुलिसकेको छैन। बाबु वैदेशिक रोजगारीमा हुनु, आमा आफन्तको मृत्यु भएपछि आफन्तको घरमा जानु र त्यही मौकामा दुई बालकको हत्या हुनुले नजिककै चिनेजानको व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुरानो रिसिबिका कारण हत्या भएको हुनसक्ने आशंकाका साथ प्रहरीले अनुसन्धान पक्रिया अगाडि बढाएको छ। यद्यपि उनीहरुलाई राति घरबाटै बोलाएर लैजाने व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अहिलेसम्म खुट्याउन सकेको छैन।

डग स्निफिङदेखि सीमा नाका जाँचसम्म
दुई बालकको विभत्स हत्या भएपछि अनुसन्धानमा जुटेको प्रहरीले तालिमप्राप्त कुकुर परिचालनदेखि सीमा नाकामा कडा जाँच समेत गरेको छ। घटनास्थललाई सुरक्षित राखेर प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दीबासबाट तालिम प्राप्त कुकुर लगेर प्रहरीले स्निफिङ गराएको थियो। कुकुरले केही महत्वपूर्ण क्लुहरु दिएको प्रहरीको भनाइ छ। 

घटनास्थलबाट नजिकै भारतीय सीमा भएकाले बालकको हत्यामा संलग्नहरु सीमा पार गरेर जानसक्ने भन्दै प्रहरीले सीमा नाकामा समेत कडा जाँच गरेको थियो। शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ र निगरानी तीव्र पारिएको पनि प्रहरीले जनाएको छ। 

मृत बालकको शव पोस्टमार्टमका लागि कलैया अपस्पतामा राखिएको छ। शवको पोस्टमार्टम भइसके पनि रिपोर्ट भने आइनसकेको बाराका एसपी दीपेन्द्र शाहीले बताए।

अबोध बालक हुन्, कसैसँग रिसिबि छ जस्तो पनि लाग्दैन– मेयर यादव
हत्या गरिएका दुई बालकका गरिब परिवारका सदस्य हुन्। उनीहरुको छिमेकी समेत रहेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवका अनुसार उनीहरुको बस्ने बास बाहेक केही पनि छैन।

‘एकदमै गरिब परिवार हो। बस्नका लागि बास बाहेक १ कट्ठा पनि जमिन छैन। यस्ता अबोध बालकलाई कसले मार्‍यो होला?’ मेयर यादवले भने। उनीहरुका बाबु विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्।

बालकको हत्या भएपछि छिटोभन्दा छिटो छानबिन गरेर दोषीलाई सार्वजनिक गरिनु पर्ने भन्दै प्रशासनलाई भनिसकेको मेयर यादवले बताए। ‘यो निकै दर्दनाक घटना हो। यस्ता अपराधीलाई चाँडै कानुनी दायरामा ल्याइएन भने भोलि अर्को दुर्घटना निम्तिन सक्छ। चाँडो अपराधी पत्ता लगाएर सार्वजनिक गर्न भनेका छौं,’ मेयर यादवले भने।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
सम्बन्धित सामग्री
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ। सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४... सोमबार, असोज ५, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परे... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्