काठमाडौं- नेपाल एयरलाइन्सको दुई उडानमार्फत् २९० जना भारतीय नागरिक साउदी अरब जाने भएका छन्।
एयरलाइन्सका महमप्रबन्धक डिमप्रकाश पाैडेलका अनुसार दमाममा १४९ र रियादमा १४१ जना भारतीय नागरिक जाने भएका छन्। निगमको न्यारोबडी जहाज आज साँझ ६:५५ बजे दमामका लागि र ८:३० बजे रियाद प्रस्थान गर्नेछ।
यसैगरी आजै हिमालय एयरलाइन्सको तीन उडानबाट पनि नेपालमा रहेका भारतीय नागरिक साउदी अरब जाने छन्। एयरलाइन्सले यात्रुको विवरण भने सार्वजनिक गरेको छैन।
हिमालयको दुईवटा उडानमार्फत् भारतीय नागरिक दमाम प्रस्थान गरिसकेका छन् भने एउटा उडान राति ९:५० बजे मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।