काठमाडाैं– नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब लैजान नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सले ३ वटा उडान गर्ने भएका छन्।
नेपाल एयरलाइन्सले मंगलबार र बुधबार १/१ उडान गर्ने छ भने हिमालयले मंगलबार नै ३ वटा उडान गर्ने भएकाे छ। भारतीय नागरिकलाई साउदी अरब लैजान दिन भारतीय दूतावासलसे आग्रह गरेकाे थियाे। साेही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई ७/७ वटा उडान गर्न दिन निर्णय गरेकाे थियाे।
हिमालय एयरलाइन्सले तीनवटै उडान एकै दिन गर्नेछ । कम्पनीले दमामका लागि ८२० अमेरिकी डलर भाडा तोकेको छ।
साउदी जाने यात्रुले बोर्डिङ गर्दा पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।