काठमाडाैं– सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको दोस्रो फिल्म ‘सुश्री सम्पति’ले अाफ्नाे प्रदर्शन मिति तय गरेको छ। फिल्म आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउने भएको हो।
फिल्म वितरकसँगको छलफलपछि प्रदर्शन मिति तय गरिएको निर्माण पक्षले जनाएको छ। फिल्म सार्वजनिक मिति तयसँगै युनिटले फिल्मकाे एक पोस्टर पनि सार्वजनिक गरेकाे छ।
पोस्टरमा फिल्मका तीन प्रमुख कलाकारहरु सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने प्रस्तुत भएका छन्।
एक सम्पन्न महिलाको कथामा आधारित फिल्म सुश्री सम्पत्तिमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। जहाँ प्रियंका कार्कि अतिथि भूमिकामा रहनेछिन्।
फिल्मको कथा निर्देशक आचार्य आफैले लेखेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।