काठमाडौं– अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ’तिमी पुलिस म नि पुलिस’ बोलको गीत सार्वजनिक भएको हो।
सशस्त्र प्रहरीको पोसाकमा देखिएको यो जोडीलाई नृत्यमा निकै रोमान्टिक देख्न सकिन्छ।
दीपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
राजबहादुर सानेको निर्देशन रहेको फिल्ममा शिल्पा र अनुपको अलावा पृथ्वीराज प्रसाई, धीरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल लगायतको अभिनय छ।
हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको फिल्म असार २९ बाट प्रदर्शनमा आउनेछ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।