काठमाडौं- हेलि एभरेष्टका तीन जना डाइरेक्टरले सगरमाथा आरोहण गरेका छन्। मार्केटिङ डाइरेक्टर टाशीलाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवं पाइलट कृष्णप्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फूर्वाछिरिङ शेर्पाले मे ११(वैशाख १८) बिहान ७ बजे सगरमाथाकाे चुचुराेमा पाइला राखेका हुन्।
हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फूर्वा)ले विज्ञप्ति जारी तीन जना डाइरेक्टरले एकसाथ सगरमाथाको सफल आरोहण गरेकोमा खुसी व्यक्त गरेका छन्।
सगरमाथा आरोहणले हेलि परिवार धेरै खुसी भएको भन्दै उनीहरुको उज्वल भविष्यको कामना समेत गरेका छन्।
आरोहणमा सहभागीमध्येका टासीलाक्पाका तीन दाजुभाइले विश्वभर रहेका आठ हजारभन्दा माथिका सबै हिमालहरु एकसाथ आरोहण गरी गिनिज बुक अफ वर्ल्डमा नाम लेखाइसकेका छन्।
यस्तै, सोवित पहिलो पाइलट आरोही बनेका छन्। फूर्वाछिरिङ युवा पर्यटन व्यवसायी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।