काठमाडौं– सनम शाक्य हत्यामा चुडामणि उप्रेती ‘गोरे’ लाई सहयोग गर्ने थप १ पक्राउ परेका छन्। विराटनगरमा रेवन्त आचार्यलाई मोरङ प्रहरीले बिहिबार पक्राउ गरेको हो।
गोरेकै बयानका आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। गत फागुन १८ गते गोरेको करेन्ट लगाई हत्या गरिएको थियो। जंगलमा लगेर ब्याट्रीमार्फत उनलाई करेन्ट लगाइएको थियो। करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तार उनले नै गोरेलाई दिएका थिए।
हराएको साढे ३३ किलो सुनबारे पत्ता लगाउन गोरेले शाक्यको अपहरण गरी करेन्ट लगाएका थिए।
बिहिबार अदालतमा भएको बयानमा गोरेले आचार्यको नाम लिएपछि उनी पक्राउ परेका हुन्। उनी विराटनगरमा सामान्य सुन पसल चलाएर बस्दै आएका छन्। तत्कालिन नेकपा एमालेको उनी कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
गोरेले तस्करीमा संलग्न अन्य थप व्यक्तिहरुको समेत प्रहरीलाई नाम दिएका छन्। जसमा दुई भारतीय व्यापारीहरु समेत छन्। उनीहरु कुख्यात माफिया दाउन इब्राहिमको गिरोहमा आबद्ध व्यक्ति भएको गोरेको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।