काठमाडौं- अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालबाट साउदी अरब जान नपाएका भारतीय नागरिक अब भने जान पाउने भएका छन्।
भारतीय दूतावासको आग्रहमा सरकारले साउदी अबर जान भनी नेपालमा आएका र जान नपाइ रोकिएका लागि जान दिने निर्णय गरेको हो। तर, नेपाली नागरिक भने जान पाउने छैन।
भारतीय नागरिक लैजान नेपाल एयरलाइन्सलाई सातामा ७ वटा, हिमालय एयरलाइन्सलाई पनि सातामा ७ वटै उडान गर्न दिन निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।