काठमाडौं- सरकारले नेपालमा अलपत्र परेका विदेशी नागरिककाे उद्धारका लागि उडान गर्न अनुमति दिने निर्णय गरेकाे छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी नागरिकका लागि मात्रै यात्रा गर्न पाउने गरि उद्धार उडान गर्नदिने निर्णय गरेकाे हाे।
साेही अनुरूप १४ मेमा श्री एयलाइन्सले थाई नागरिक उद्धारकाे लागि थाइल्यान्ड उडान गर्नेछ।
यसैगरि १६ मे र २५ मेमा कतार एयरवेजले अमेरिकन नागरिककाे लागि उद्धार उडान गर्ने अनुमति पाएकाे छ। साथै, टर्किस एयरलाइन्सले १७ मेमै अमेरिकन नागरिक उद्धारका लागि उडान गर्नेछ।
यसबाहेक विदेशी नागरिककाे उद्धारका लागि दूतावाससँग समन्वयन गरेर उद्धार उडान अनुमित दिइने प्राधिकरणले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।