काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव कंकाल फेला परेको छ। ‘सफा हिमाल अभियान २०२१) अन्तर्गत संकलित फोहोर प्याकिङ गर्ने क्रममा मानव कंकाल फेला परेको नेपाली सेनाले जानकारी दिएको छ।
नेपाली सेनासहितको संयुक्त टोलीले अहिले सगरमाथासहित हिमालमा जम्मा भएको फोहोर संकलन गरिएको छ। यसै क्रममा २८ वैशाख २०७८ मा सगरमाथाको क्याम्प–२ बाट संकलित फोहोरलाई आधारशिविरमा रिप्याकिङ गर्ने क्रममा मानव कंकाल फेला परेको हो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मानव कंकाल (दाँया हात र बायाँ पाखुरा) फेला परेको छ।
सगरमाथामा फेला परेको मानव कंकाललाई हेलिकोप्टरमार्फत लुक्ला पठाइएको र आवश्यक थप प्रक्रियाको लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।