• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारका सय दिनबारे विपक्षीको मूल्यांकन : हल्लै बढी !

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ११, २०७५  ००:३०
1140x725

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको शुक्रबार सय दिन पुग्दै छ। गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। त्यसपछि फागुन १४ र चैत २ मा भएको विस्तारबाट मन्त्रिपरिषद् अहिले २२ सदस्यीय पुगेको छ।

ओली नेतृत्वको यो सरकार संसदीय विश्वासको आधारमा मात्रै होइन, जनताको अपेक्षाको आधारमा पनि निकै बलियो सरकार हो। 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा बोकेर आफू अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताउने गरेका छन्। त्यसो त विकास, समृद्धि र सपनाको कसीमा चुनावी घोषणापत्र पनि कम आकर्षक थिएन। केही दिनअघि सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रम पनि उस्तै सपनाहरुले भरिएका छन्। 

ओलीले प्रधानमन्त्रीका रुपमा बिताएको यो सय दिन उनको आगामी दिनका आँखीझ्याल हुनसक्छ। अघिल्लो पटक सरकारको नेतृत्व गर्दा ओलीले देखाएका सपना, चुनावी घोषणापत्र तथा त्यतिबेलाका भाषणहरुमा उनको प्रतिबद्धता र अहिले पनि उनले दैनिकजसो व्यक्त गरिरहेका सुखद भविष्यका संकेतहरु कति पूरा होलान्, कति गफमै सीमित होलान्, त्यसका लागि अझै केही समय कुर्नैपर्छ। तर, पूर्वानुमान भने गर्न सकिन्छ।

शुक्रबार सय दिन पूरा गर्दै गरेको यो सरकारबारे सरकारबाहिर रहेका दलका नेताहरु के प्रतिक्रिया दिन्छन् त? सरकारको कामप्रति उनीहरुको मूल्यांकन कस्तो छ? नेपाल लाइभले केही नेतासँग प्रतिक्रिया लिएको छ।

मानबहादुर विक, नेपाली कांग्रेस

यो सरकारले जनताको जुन खालको विश्वास लिएर आएको थियो, त्यो हिसाबले काम भने गर्न सकेको छैन। सबैभन्दा पहिलो त संविधानको पालनामै यो सरकार पछि पर्‍यो। जस्तो कि, अघिल्लो सरकारले राष्ट्रियसभाका लागि मनोनीत गरेका तीन जनालाई फिर्ता बोलाएर राष्ट्रपतिलाई समेत विवादमा ल्यायो।

समग्रमा यो सरकार अहिलेसम्म भाषण र टुक्काबाट चलिरहेको छ। अब यसले ठोस काम पनि केही गर्छ कि भन्ने हेर्दै जाऔं।

मेरो सुझाव के छ भने, सुधारात्मक तरिकाले अघि बढ्नुपर्छ। जनप्रतिनिधिको संस्था प्रतिनिधिसभाबाट पनि हामीले यस्ता सुझावहरु दिइरहेका हुन्छौं। तर, उसलाई दुई तिहाइको दम्भ छ। उसले बुझ्नुपर्छ, दम्भबाट लोकतन्त्र चल्दैन। दुई तिहाइ स्थायित्वको लागि राम्रो कुरा हो। यसबाट फाइदा लिएर देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मानसिकताबाट अघि बढ्यो भने त्यो फाइदाजनक हुन्छ। तर, उसले त्योभन्दा पनि दम्भ देखाउने र भाषण टुक्काबाट मात्रै अघि बढेकाले यसले राष्ट्रलाई हानि गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

लक्ष्मणलाल कर्ण, राष्ट्रिय जनता पार्टी

सरकारले समग्रमा अहिलेसम्म आश्वासन बाँड्नुबाहेक केही गर्न सकेको छैन। यो सरकारको सबैभन्दा ठूलो गल्ती नै के हो भने, यसले काम नगरी कुरा मात्रै गरिरहेको छ। त्यसैले म चाहिँ सरकारले गरेको काम केही पनि देख्दिनँ। सरकारलाई मेरो सुझाव के छ भने, उसले भाषणभन्दा काम गर्नुपर्छ।

सरकारले अहिलेसम्म संघीयता कार्यान्वयन गरेको छैन। न कर्मचारी, न बजेटको व्यवस्था नै गरेको छ। स्थानीय तहको निर्वाचन भएको यतिका समय भइसक्यो। तर, उसले सहयोग नगर्नाले काम हुन सकेको छैन। सरकार दैनिकजसो संविधान कार्यान्वयनको कुरा गर्छ। संघीयताले खोजेको जुन किसिमको ऐन कानुन हो, सरकारले बनाएको छैन।

मधेसी दलसँग संविधान संशोधनको कुरा गरेको थियो। तर, त्यो पनि उसले गर्ने चासो देखाएको छैन। उसले यसमा पनि लापरवाही देखाइरहेको छ।

Xtrem

Xtrem

पुष्पा भुसाल, नेपाली कांग्रेस

वाम गठबन्धन बनाएर अघि बढेपछि उहाँहरुमा दम्भ बढेको छ। त्यही अनुसार उहाँहरुको अभिव्यक्ति आइरहेको छ। त्यसको निरन्तरता सरकार सञ्चालनमा समेत देखिन्छ। दुई तिहाइको निहुँमा सरकार अधिनायकवादको अभ्यास गरिरहेको छ। यस्तो व्यवहारले हाम्रो राजनीतिक उपलब्धिलाई रक्षा गर्न कुनै पनि सहयोग गर्दैन।

चुनावबाट बहुमत प्राप्त सरकार भएकाले त्यो बलियो भएर चलोस्, केही छैन। तर, त्यसको बहानामा संविधान, नियम, कानुनको उल्लंघन गर्दै असुरक्षित वातावरण सिर्जना गर्ने काम गरिरहेको छ। कतिपय आवश्यक काम भने गर्न सकेको छैन।

सरकार राज्यका अरु संयन्त्रप्रति उदासीन देखिएको छ। अरुलाई गतिशील नबनाउने, आफू शक्तिशाली हुने हिसाबले कामहरु गरिरहेको छ। त्यसलाई राम्रो भन्न मिल्दैन।

अहिलेसम्म काम कम र हल्ला बढी गरिरहेको छ। हुन त यो कम्युनिस्ट पार्टीको दर्शन नै हो। उनीहरु भ्रमपूर्ण कुरा बढी गर्छन्। त्यसमा पनि यस मामिलामा एमाले झन् अगाडि थियो नै।

समग्रमा, यो सरकार दुई तिहाइको दम्भमा राज्य शक्तिलाई आफ्नो हातमा लिने र जनतालाई भने भ्रम फैलाउने क्रियाकलाप गरिरहेको छ।

सुरेन्द्र यादव, संघीय 8वादी फोरम

सरकारले आफ्नो काम गर्नुभन्दा पनि एमाले र माओवादी एकतामा बढी केन्द्रित रह्यो। पार्टी एकतामा ध्यान दिएकाले सरकारको सय दिनको कार्यकाल उपलब्धिमूलक हुन पाएन। सरकारले पार्टी एकतालाई छुट्याएर आफ्नो गर्नुपर्ने काम गर्नुपर्थ्यो। 

त्यस्तै, संघीयतालाई सफल बनाउने, प्रदेशहरुलाई कसरी स्थापित गराउने भन्नेमा उसको ध्यान जान सकेको छैन। यस किसिमको नीति सरकारले ल्याउन सकेको छैन। उसले प्रदेश र स्थानीय सरकारको काम समेत आफैं गर्न खोजे जस्तो देखिएको छ।

समग्रमा यो सरकारको सम्झनलायक ठूलो उपलब्धि मैले देखिरहेको छैन। उसले प्राथमिकता छुट्याएर काम गर्नुपर्थ्यो।

महेन्द्र राय यादव, राष्ट्रिय जनता पार्टी

हामीले यो सरकारलाई समर्थन गरे पनि यसले हाम्रो मुद्दालाई भने कुनै सम्बोधन नै गरेन। जुन विश्वासले हामीले सरकारलाई विश्वासको मत दिएका थियौं, त्यसबारे सरकार गम्भीर भएको छैन।

हामीले प्रधानमन्त्रीलाई केही दिन अगाडि भेट्यौं पनि, तर उहाँले संविधान संशोधन गर्दै जाने हो, संविधान कुनै संशोधन गर्ने वस्तु होइन भन्नुभयो। उहाँले हाम्रो मुद्दामा छलफल गर्दै अगाडि बढ्ने हो भन्नुभयो, तर संविधान संशोधन कहिले हुन्छ चाहिँ भन्नुभएन।

सरकारको अन्य कामकुराबारे म केही भन्दिनँ। मुख्य काम नै नभएपछि अरु कुरा के गरिराख्नु?

डिला संग्रौला, नेपाली कांग्रेस

सय दिनको लेखाजोखा गर्ने क्रममा विशेषगरी सरकारको कार्यदिशा, शैली र जनतालाई दिने प्रभावको आधारमा मूल्यांकन गर्दा उसले बोले जस्तो काम भने गर्न सकेको छैन। हल्ला पिटाउने, सपना ठूल्ठूला देखाउने तर जनताको जीवनशैलीमै परिवर्तन ल्याउनेगरी कुनै काम गर्न सकेको छैन। 

अहिले हामी सरकारको नीति तथा कार्यक्रममा छलफल गरिरहेका छौं। तर, मुलुक संघीयतामा गइसक्दा पनि त्यहाँ 'संघीय गणतन्त्र' भन्ने समेत उल्लेख गरिएको छैन। संघीयतामा गइसकेपछि सरकारको प्राथमिकता शक्तिको विकेन्द्रिकरण गर्नेमा हुनुपर्थ्यो। तर, ऊ शक्ति केन्द्रिकरणमा रमाइरहेको छ। जसले गर्दा स्थानीय सरकार र प्रदेश सरकार अन्योलमा छन्।

जनताले जे सोचेर मत दिएका थिए, त्यसलाई पूरा गर्नेतिर यो सरकार हिँडेको छैन। उसका सपना ठूला छन्, तर साकार हुन भने गाह्रो छ।

यो सरकार बहुमतको भए पनि कतिपय कामहरुमा प्रतिपक्षीको समेत सरसल्लाह र सहयोग लिएर अगाडि बढ्दा राम्रो हुने थियो। तर, सरकारले त्यसको आवश्यकता महसुस गरेको छैन। एक्लै हिँड्न खोजेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्