काठमाडौं– नेपाल वायु सेवा निगमले चीनको राजधानी बेइजिङबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने गरी उडान तालिका तय गरेको छ। निगमले १५ मेबाट १९ मेसम्मका लागि ४ वटा उडान तय गरेको हो।
१५ मेमा बेइजिङ गएर निगमको जहाजले ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सकीय सामान ल्याउने तयारी भइरहेको महाप्रबन्ध डिम प्रकाश पौडेले बताए। त्यसपछि १६, १७ , १८ , १९ मेमा निगमको वाइडबडी जहाज चीन जाँदै प्रति उडान ५ सय ५० वटा सिलिन्डर ल्याउने भएको छ।
पौडेलका अनुसार निगमका सबै जहाजहरु जुनसुकै देशबाट सामान ल्याउनका लागि तयारी अवस्थामा रहेका छन्। सिलिन्डर ल्याउन निगमले वाइडबडी ए३३० जहाज प्रयोग गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।