काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात विभागमा रहँदा सिन्डिकेट खारेज गर्न कडा रुपमा प्रस्तुत भएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ।
सरकारले बिहीबार २८ सहसचिवको सरुवा गर्दा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्।
यातायात सिन्डिकेटविरुद्ध उभिएका विभागका तत्कालीन महानिर्देशक भट्टराईलाई मन्त्रालय तानिएको थियो। श्रम मन्त्रालयमा सरुवा भएका भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर पठाउने गहृकार्य थालेको मन्त्रालय स्रोतले जनाएको छ।
विभागमा हुँदा भट्टराईले गरेको कामबाट प्रभावित भएर मन्त्री विष्टले उनलाई श्रम मन्त्रालयको बेथिति रोक्न त्यहाँ लैजान लागेको स्रोतले जनाएको छ। भट्टराईलाई श्रममन्त्री विष्टले आफ्नै पहलमा श्रम मन्त्रालयमा सरुवा गराएका हुन्।
मन्त्रालय स्रोतले भन्यो, ‘म्यानपावर कम्पनी र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मार्यादित बनाउन र विभागमा सुधार ल्याउन भट्टराईलाई महानिर्देशक बनाउने योजनामा मन्त्री छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।