• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ओली सरकारका सय दिन : भाषण धेरै, काम थोरै

64x64
नेपाल लाइभ बिहीबार, जेठ १०, २०७५  १४:३३
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको शुक्रबार सय दिन पुग्दैछ। ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ। 

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर अघि बढेका प्रधानमन्त्री ओलीले आफ्ना हरेक भाषणमा समृद्धि र विकासका योजना सुनाउन छाडेका छैनन्। जेठ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि ५ वर्षप्रति नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महत्वाकांक्षी योजना छन्। 

नेपालमा सधैं सरकारले आकर्षक योजना सुनाउने तर कार्यान्वायन नहुने रोग पुरानै हो। त्यसको सबै अपसज अस्थिर राजनीतिलाई दिने गरिएको थियो। राजनीतिक स्थायित्वपछि गठन भएको पहिलो सरकार भएकाले अहिलेको सरकारसँग जनताले धेरै अपेक्षा गरेका छन्। सरकारले आफ्नो सय दिनमा केही राम्रा काम गरे पनि अपेक्षा अनुसार गति लिन भने सकेको छैन। भाषण र प्रचारका लागि कस्मेटिक काममा रुमल्लिएर सरकारले लिनुपर्ने गति लिन नसकेको विश्लेषणहरु हुन थालेका छन्।

तर, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल १२ वर्षे गुरुयोजना बनाएर सरकार अघि बढेको बताउँछन्। समृद्धिका आधारहरु बनिसकेको र अब सरकार त्यो बाटोमा अघि बढ्ने उनको भनाइ छ। 

सरकारको एक सय दिन सफलतापूर्वक सम्पन्न भएको जनाउँदै उनले ५ वर्षको स्थीर सरकार भएकाले त्यहीअनुसार योजना बनाएर कार्यान्वायन सुरु गरिने बताए। 

सय दिनमा ओली सरकारका ५ राम्रा काम 

१. यातायात सिन्डिकेटविरुद्ध प्रहार 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि चैत १ देखि मयुर यातायातले काभ्रेको बनेपासम्म रुट परमिट पायो। विगतमा यातायात समितिको सिफारिसमा मात्र रुट परमिट दिने गरिएकोमा सरकारले त्यो प्रावधान खारेज गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

देशभरि रुट परमिट खुला गरियो। त्यसको विरोधमा कोटेश्वर पूर्वका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिए। वैशाख २० मा यातायात नै ठप्प बनाएर सरकारलाई दबाब दिने प्रयास गरे। तर, सरकार झुकेन। व्यवसायीलाई पक्राउ गर्दै सरकारले मुद्दा चलाउने तयारी गरेपछि उनीहरु नै सेफ ल्यान्डिङ गरेर छुटे। बलियो सरकार भएकाले नै विगतमा निकै शक्तिशाली देखिने यातायात व्यवसायी महासंघ यसपटक निरिह बन्न पुग्यो। 

यो घटनाले सरकार बलियो भएको संकेत दिएको छ भने अन्य व्यवसायमा भएका एकाधिकार तथा विकृति रोक्न शक्ति प्रदान गरेको छ । हनिमुन समयमा सर्वसाधरणबाट सरकारले ठूलो प्रशंसा कमाएको सिन्डिकेट अन्त्यकै विषयमा हो। 

२. कर्मचारीको वैदेशिक भ्रमणमा लगाम 

प्रधानमन्त्रीको अर्काे राम्रो कदम भनेको सरकारी अधिकारीहरुको अनावश्यक वैदेशिक भ्रमणमा नियन्त्रण हो। कर्मचारीहरुले कुनै महत्व नै नभएका कार्यक्रममा विदेश जाने र राज्यबाट भत्ता लगायतका सुविधा लिने गरेका थिए। 

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको समेत वैदेशिक भ्रमणमा लगाम लगाएका छन्। एउटा एनजिओको कार्यक्रममा जान सरकारी भ्रमणको स्वीकृति मागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै अमेरिका भ्रमण समेत प्रधानमन्त्री ओलीले रोकिदिए। 

३. विद्यालय भर्ना अभियान 

विद्यालय भर्ना अभियानका लागि विगतमा पनि प्रयास भएका थिए। यसपटक सरकारले नयाँ ‘कन्सेप्ट’सहित भर्ना अभियान चलायो। अभिभावकत्व ग्रहण गरी विपन्न बाल–बालिकालाई विद्यालयसम्म पुर्‍याउने अभियान गाउँ–गाउँसम्म सञ्चालन गरिएको छ।

प्रधानमन्त्री ओलीले मुगु र सिरहामा आफैंले अभिभावकत्व ग्रहण गरेर विद्यार्थीलाई भर्ना समेत गराए। मन्त्रीदेखि केन्द्रीय स्तरका नेताहरुले समेत बालबालिकालाई आफ्नो जिम्मामा लिएर विद्यालयमा भर्ना गराए। यसले राम्रै चर्चा पनि पायो। यो अभियानले विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहने संख्यामा कमी ल्याउने अपेक्षा गरिएको छ।

४. सुन तस्करीको पर्दाफास

नयाँ सरकार बनेपछि विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको सफल अनुसन्धान गरी त्यसमा संलग्नहरु पक्राउ परे। विमानस्थलका कर्मचारी र प्रहरीहरुलाई समेत पक्राउ गरियो। एउटै समूहले विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएको थियो। 

खासगरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धानका लागि सक्रियता देखाएकाले सुन तस्करीका धेरै पाटो बाहिर आएको छ। सायद यसले विमानस्थलबाट हुने संगठित तस्करी नियन्त्रणमा सहयोग पुग्नेछ। 

५.कूटनीतिमा सन्तुलन प्रयास 

सरकारमा आएको सय दिनभित्रै प्रधानमन्त्री ओली आफू पनि भारतको राजकीय भ्रमण गए र भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा ल्याउन सफल भए। नाकाबन्दीको समयमा भारतविरुद्ध उभिन सकेकै आधारमा मत बटुल्न सफल ओलीले अहिले सरकारमा आएपछि भारतसँगको चिसो सम्बन्धलाई न्यायो बनाउने कोसिस गरे। त्यो केही हदसम्म सकारात्मक पनि देखियो। 

प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीको भ्रमण विवादमा तानियो। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल भने मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध ‘नर्मल’ भएकाले यो सरकारको कूटनीतिक सफलता भएको बताउँछन्। 

‘भ्रमणका क्रममा यसपटक भारतीय प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा विगतमा जस्तो केही बोलेनन्,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीज्यूले विराटनगरको फिल्ड अफिस बन्द गर्न प्रस्ट रुपमा अडान लिनुभएकाले नै त्यो बन्द गर्ने निर्णय भएको हो।’ चीन भ्रमणको तयारीमा रहेका ओलीले कूटनीतिक सन्तुलन कति कायम गर्न सक्छन्, त्यो उनका आगामी दिनका कदम र निर्णयले देखाउने नै छन्।

यस्ता रहे सरकारका कमजोरी

१. भाषण धेरै, काम कम

प्रधानमन्त्री ओलीले जसरी भाषणमा समृद्धिको कुरा गरिरहेका छन्, त्यस अनुसारका योजना कार्यान्वायन अघि बढ्न सकेको पाइँदैन । प्रधानमन्त्री आफैं पनि योजना कार्यान्वायनमा भन्दा कार्यक्रम र राजनीतिक भेटघाटमै बढी समय बिताउँदै आएका छन्। सरकारको कार्यशैलीको गति बजेटपछि केही छर्लङ्ग हुने भए पनि त्यसअघिको समयमा प्रधानमन्त्री ओलीले कामको तुलनामा भाषणको पुलिन्दा ज्यादा फुकाएका छन्। 

प्रधानमन्त्री कार्यालयमा ओलीले थोरै समय बिताउँछन्। धेरैजसो समय उनी विभिन्न कार्यक्रममा र बालुवाटारमा हुने भेटघाटमै बिताउँछन्। भाषण अनुसार उनले काममा प्राथमिकता दिन सकेका छैनन्। प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी भन्छन्, ‘कर्मचारीसँग प्रधानमन्त्रीको भेटघाट कहिलेकाहीँ मात्र हुने गर्छ, योजना कार्यान्वायनमा प्रधानमन्त्री आफैं सक्रिय नभएसम्म सफल हुन्न।’

चुनावताका जस्तो भाषणबाजी हुन्थ्यो प्रधानमन्त्रीका कार्यक्रममा अहिले पनि त्यसको मात्रा घटेको आभास पाइँदैन। जसले स्थिर र बहुमतको सरकारपछि धेरै काम होला भन्ने अपेक्षामा बसेका जनताको सरकारप्रतिको आशा घट्दै गएको देखिन्छ। 

२.संघीयता कार्यान्वायनमा सुस्त 

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको १ वर्ष भइसकेको छ। प्रदेश सरकार बनेको ४ महिना पुगिसक्यो। तर, समयमा कानुनहरु नबन्दा न त स्थानीय तहले गति लिन सकेको छ न त प्रदेश सरकारले नै।

संघीयता कार्यान्वायन सरकारको प्राथमिकताको विषय हुनुपर्नेमा त्यसमा सरकारले आवश्यकता अनुसार चासो दिन सकेको छैन। असोजसम्म सबै कानुनहरु बनाइसक्नु पर्ने अवस्था छ। तर, धेरै कानुनहरुको मस्यौदा समेत बनेको छैन। अर्को तर्फ स्थानीय सरकार र प्रदेश सरकारमा कर्मचारी व्यवस्थापन हुन नसकेर काम गर्न कठिनाइ भइरहेको जनप्रतिनिधिले गुनासो गर्न थालेका छन्। 

३. कर्मचारीतन्त्र परिचालनमा असफल

सरकारले लिएको समृद्धिको योजनालाई कार्यान्वयनको तहमा लैजाने भनेको कर्मचारीतन्त्रले हो । तर, प्रधानमन्त्रीले कर्मचारीतन्त्रलाई न हात लिन सकेका छन् न त सुधार नै गर्ने प्रयास गरेका छन्। 

कर्मचारीतन्त्रमा कडाइका साथ ‘दण्ड र पुरस्कार’को व्यवस्था नगरेसम्म जतिसुकै योजना बनाए पनि त्यो सफल हुन नसक्ने विषय जगजाहेर छ। खटाएको ठाउँमा समेत जान अटेर गर्ने कर्मचारीलाई सरकारले ठिक ठाउँमा ल्याउन सकेको छैन। अहिलेसम्म सरकारले अटेर कर्मचारीलाई कारबाही र जनताको सेवामा दत्तचित्त कर्मचारीलाई प्रोत्साहन गर्न सकेको देखिँदैन। त्यसैगरी कर्मचारीको स्वेच्छिक अवकासको विषयमा पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन।

४. संविधान संशोधनप्रति उपेक्षा

प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदै गर्दा मधेस केन्द्रित दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को समर्थन पाएका थिए। दुई तिहाइभन्दा बढी सांसदको विश्वास लिएका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलहरुसँग गरेको बाचा भनेको संविधानको संशोधन हो। त्यसकै आधारमा फोरम र राजपा प्रधानमन्त्री ओलीप्रति नरम भएका हुन्।

प्रधानमन्त्री ओलीले फोरम र राजपालाई सरकारमा ल्याउने योजना अनुसार नै अहिलेसम्म मन्त्रीपरिषदलाई पूर्णता समेत दिन सकेका छैनन्। तर, यसबीचमा संविधान संशोधनको विषय ओझेलमा पर्दै गएको आभास हुन्छ। जसले गर्दा मधेस केन्द्रित दलहरु सरकारप्रति सशंकित हुन थालेका छन्।

५. मन्त्रीहरुः थोरै चर्चामा, धेरै गुमनाम 

प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्दा धेरैले तुलनात्मक रुपमा राम्रो मन्त्रिमण्डल भन्ने प्रतिक्रिया दिएका थिए। तर एक सय दिन बित्दा केही मन्त्रीबाहेक धेरै मन्त्री गुमनाम जस्तै भएका छन्। काम र चर्चा पाउनेमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा अगाडि छन्। सिन्डिकेट अन्त्यदेखि प्रहरी जनशक्तिको दुरुपयोग रोक्न उनले पहल गरे। उनकै अडान नभएको भए सुन तस्करीमा सघाउने प्रहरी तानिने थिएनन्। 

त्यस्तै, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, श्रम मन्त्री गोकर्ण विष्टले आफू मातहतका मन्त्रालयमा सानातिना सुधारका काम गरेर भए पनि केही आशा सञ्चार गरेका छन्। अन्य मन्त्रीहरु भने गुमनाम जस्तै छन्। केही ‘कस्मेटिक’ काममा लागेर प्रचार प्रसारमा रमाए पनि अधिकांश मन्त्रीको पर्फमेन्स देखिएको छैन। यो बीचमा प्रधानमन्त्री ओलीले समेत मन्त्रीहरुबाट काम लिन सकेको छनक पाइएको छैन।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्