काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो औपचारिक केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गरेन। बैठकमा पार्टीका अध्यक्षद्वयले निर्देशन दिएका छन्।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा निर्वाचन आयोगमा दर्ताका लागि ४ सय ४१ जनाकै नागरिकताको प्रतिलिपि र हस्ताक्षर संकलन भएको छ।
बैंठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मेवारीलाई तदारुकताका साथ सम्पन्न गर्न सबैलाई निर्देशन दिएका छ्न।
त्यस्तै, मुलुकको मुख्य कार्यभार समृद्धि भएकाले त्यसमा केन्द्रीत हुन पनि अध्यक्षद्वयले निर्देशन दिएका छन्। पार्टीलाई नीति र पद्धतीसम्बत् तरिकाले सम्पन्न निर्देशन भएको प्रवक्ता श्रेष्ठले बताए।
संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार नगर्न, हुन दिन, भएमा तत्काल कारबाही र समृद्धिका लागि सुशासन कायम गर्न निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।