• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नैतिकता कसको खोज्ने? अध्यादेशबाट शासन गर्ने प्रधानमन्त्री कि असफल प्रतिपक्षको

64x64
विपिन अधिकारी सोमबार, वैशाख २७, २०७८  ०८:२७
1140x725

अहिले संघीय संसद्‍को नियमित अधिवेशन बोलाउने समय हो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजन उल्लेख गर्दै समय तोकेरै प्रतिनिधि सभाको अधिवेशन बोलाएको देखिन्छ। प्रधानमन्त्रीले चाहेको बेलामा विश्वासको मत लिने उहाँको अधिकार हो। उहाँले बोलाउन नसक्ने भनेर संविधानमा कतै बन्देज छैन। तर, अध्यादेश ल्याउने कार्य चाहिँ गलत अभ्यास देखिन्छ। एकातिर संसद्को अधिवेशन बोलाइएको छ भने अर्कोतिर अध्यादेश पनि जारी भइरहेका छन्। यी गतिविधिले संसद्‌बाट कानुन बनाउने कुरालाई प्रधानमन्त्रीले महत्व दिन नचाहेकै देखिन्छ। 

संसद्‌मा कानुन बनाउनका लागि जनताबाट चुनिएका प्रतिनिधिहरू भएको समयमा अध्यादेशबाटै शासन गर्ने शैलीमा प्रधानमन्त्री अग्रसर भएको देखिन्छ। एकपटक जारी भएको अध्यादेश संसद्‌मा नपुर्‍याएर फेरि पनि यसलाई निरन्तरता दिइएको छ। 

यसले चाहिँ अध्यादेशका आधारमा सबै महत्वपूर्ण काम गर्ने गलत परम्परा बसेर जाने चिन्ता थपिएको छ। धेरै काम यसैगरी हुने हो कि भन्ने चिन्ता देखियो। संसद्को नियमित अधिवेशन नबस्ने अनि अध्यादेशबाट शासन चलाउने गलत परम्परा बस्ने डर देखिन्छ। मन्त्रिपरिषद्‌को सिफारिस अनुसार राष्ट्रपतिले २७ गते अधिवेशन बोलाएपनि पुराना सात वटा र रेल सम्बन्धी अध्यादेश जारी भएको छ। प्रतिनिधि सभा विघटन बदर भई पुनःस्थापना भएको हिउँदे अधिवेशनमा पनि सरकारले कुनै विजनेश दिएन। किन दिएन भन्दा विजनेश दिने बित्तिकै भोटिङ हुन्छ, भोटिङमा जाने बित्तिकै सरकारको अवस्था प्रष्ट हुन्छ। सरकारको हैसियत के हो भन्ने स्पष्ट हुने देखेपछि प्रधानमन्त्रीले अल्मल्याउनु भएको प्रष्ट नै छ।

विपक्षी दल चाहिँ जिम्मेवार हुनुपर्दैन?

यत्रो अवधिमा अविश्वासको प्रस्तावलाई विपक्षी दलहरूले पनि अघि बढाउन सकेनन्। यसरी हेर्दा प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फका  दलहरूको असफलता देखिन्छ। संवैधानिक प्रक्रियाबाट परिर्वतन ल्याउने संस्कृति जबसम्म विकास हुँदैन यस्ता समस्या सँधै आइरहन्छन्। अहिलेको अवस्था यही नै हो। जसले पार्टीभित्र विद्रोह गर्‍यो, उसले प्रधानमन्त्रीविरुद्ध प्रतिनिधि सभा पुनःस्थापना भएलगत्तै अविश्वास प्रस्ताव दर्ता गराएर देखाउन सक्नुपर्दथ्यो। तर, उसले त्यो गर्न सकेन। प्रधानमन्त्री आफैले पनि हटाउन सक्छौ भने हटाऔं भन्ने अनि संसद्लाई काम नदिने गलत कार्य गर्नुभयो। संसद्लाई काम त प्रधानमन्त्रीले निरन्तर दिनुपर्छ।

संसद्लाई यसरी ‘डि-मोबिलाइज’ गर्न कहाँ पाइन्छ? संसद्ले निरन्तरता पनि पाउनुपर्छ। उसले काम पनि पाउनुपर्दछ। सरकारको विजेनश छैन भने शून्य र विशेष समयका लागि पनि संसद् चलाउनुपर्छ। किनकी यो अवधिमा जनताका समस्याहरू संसद्‌मा उठ्ने गर्दछ। जनताको समस्यामा सांसदले संसद्‌‌मा मन्त्री र प्रधानमन्त्रीसँग वादविवाद गर्ने थलो र समय यो हो। संसदीय मान्यताको प्राणाली र अभ्यास हो। संसद्, तीन तहका सरकार र जनताको विषयमा सांसद्ले छलफल नगरे कसले गर्छ? प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्य हुन सके मात्र सांसद्ले आफ्ना समस्याबारे अवगत गराउन पाउनेछन्। यी सबै कुरा गर्नका लागि संसद् खोल्न जरुरी छ। 

संसद् हुनु र नहुनुको के अर्थ भन्ने अवस्थामा पुर्‍याउनु हुँदैन। को सही छ र को गलत छ भन्ने कुराको वादविवाद हुँदै गर्ला तर, अहिले त जनताको समस्या सुन्ने थलो बन्द गर्न हुँदैन। संविधानले सिर्जना गरेका संस्था, परिपाटी र निकायहरू निरन्तर प्रक्रिया र अस्तित्वमा हुनुपर्छ। यो नहुने हो भने लोकतन्त्र कसरी चल्छ? हाम्रो समस्या यही देखिएको छ। अहिले हामी माझमा भइरहेको वादविवाद चाहिँ प्रधानमन्त्री ठिक कि प्रतिपक्ष ठिक भन्नेमा अल्झिएको देखिन्छ। पार्टीभित्र प्रधानमन्त्रीलाई प्रश्न उठाउने ठिक कि प्रधानमन्त्री ठिक भन्ने बहसमा मात्र हामी घोत्लिएका छौं। 

तर, दुईको क्षमता मूल्याकन संसद्ले काम गर्न पाएको र संसद्का समितिहरूले जवाफदेही बनाएको अवस्थामा मात्र हुने छ। संसद्लाई बन्द गरेर बाहिर जति उफ्रेपनि, काटाकाट गरेपनि जित हारको फैसला हुँदै हुँदैन। वैधानिक प्रक्रियाबाट यस्ता विवादमा निरुपण हुन पाएन भने संवैधानिक रूपमा यो विषय किनारा लाग्दैन। एउटामात्र विधेयक अघिल्लो अधिवेशनमा पेश हुन सकेको भए प्रधानमन्त्रीको बहुमत छ कि छैन भन्ने प्रमाणित हुन्थ्यो। पारित भएको भए प्रधानमन्त्रीको बहुमत भएको मानिन्थ्यो होला नभए प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्थ्यो होला। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यो अवस्थामा पुर्‍याउन प्रतिपक्षले पनि भूमिका त खेल्नु पर्‍यो नि! प्रतिपक्षका दलहरूले यो भूमिकामा आफ्नो अधिकार गुमाएकै हो नि! एउटा अविश्वासको प्रस्ताव समेत प्रतिपक्षी दलहरूले मिलेर ल्याउन सकेनन्। अहिलेको यो संकट आउने कुरामा यी प्रतिपक्षको पनि भूमिका छ होला नि! यो देशको प्रधानमन्त्रीलाई मात्र जवाफदेहिता खोज्ने कि प्रतिपक्षको पनि खोज्ने? भन्ने प्रश्न खडा भएको छ। यी सबै पद्धतिबाट हुनुपर्छ। यी सबै कुरा संसद्‌मा हुने छ। हाम्रोतिर एकातिर संसद् बोलाएर काम नदिएर अन्त्य गर्ने, अर्कातिर भटाभट अध्यादेश जारी गरेर शासन चलाउने अभ्यास भइरहेको छ। अध्यादेश दोहोर्‍याएर ल्याउनु भनेको लाजमर्दो हो।

सभ्य र विधिको शासन मान्ने देशमा यस्तो अभ्यास हुँदैन। संसदीय संस्कार भएको मुलुकमा कुनै काम गर्न अप्ठ्यारो परेको अवस्थामा तत्काल फुकाउन मात्र अध्यादेश ल्याउने हो। फेरि कार्यान्वयनमा आएर असफल भयो भन्दैमा भएका कामहरूलाई असर गर्ला भनेर फेरि ल्याउन पाइन्छ त? नियुक्त भएका मानिसहरूलाई हेरेर पटक पटक यसरी अध्यादेश मात्र कहाँ ल्याउन पाइन्छ र? यसरी पटक पटक अध्यादेश ल्याउने हो भने त २ महिनाभित्र किन संसद्‌मा लैजान पर्छ भनेर राखिन्थ्यो होला। यो व्यवस्था किन राखियो? 

अत्यावश्यक छ, जरुरी छ भने अध्यादेश ल्याऊ र ६० दिनभित्र त्यसलाई प्रतिस्थापन गर भनेर संविधानले परिकल्पना गरेको हो। यति सकिँदैन भने निश्चित रुपमा यो समाप्त भयो। अध्यादेश जारी गर्ने अधिकार समाप्त भयो भन्ने हो। पारित गर्न सकिएन भने फेरि ल्याउने अभ्यासले गलत दिशामा जाँदैछौं भन्ने नै देखिन्छ। एउटा अवधि समाप्त भएपछि फेरि यस्तै अध्यादेश ल्याउनु भनेको घोर अलोकतान्त्रिक काम हो। विधिको शासन मान्नेले यस्तो गर्नै सक्दैन। अध्यादेश ल्याएपछि संसद्‌मै लाने हो। संसद्ले जे गर्छ गर्छ, फेरि पनि ल्याउने भन्ने कहाँ हुन्छ? अध्यादेश पटक पटक ल्याइने छैन भनेर संविधानमा लेख्ने कुरा पनि होइन। यो त मान्यताको कुरा हो। अभ्यासको कुरा हो। 

यद्यपि, प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन लाग्नु भएको कुरा चाहिँ राम्रो हो। संविधानको धारा १०० अनुसार आफूमाथि प्रतिनिधि सभाको विश्वास छ कि छैन भनेर उहाँले जाँच्न खोज्नु भएको राम्रो हो। यसले विधिको शासन मान्दछु भनेर प्रधानमन्त्री संसद्‌मा गएको अर्थमै लिनुपर्छ। राष्ट्रपतिले अधिवेशन आह्वान गरेको भन्दा पनि प्रधानमन्त्रीले आफूलाई संसद्प्रति उत्तरदायी छु भन्ने देखाएको अर्थमा लिन लागेको देखिन्छ।

यो प्रक्रिया पूरा भएपछि मात्र अर्को प्रक्रियामा लाग्नुपर्छ। प्रधानमन्त्रीले यसअघि आफूलाई सके हटाउन भनेकै हो। तर, कोही अघि बढ्न नसकेकाले बजेट ल्याउनुअघि विश्वासको मत लिनु प्रधानमन्त्रीको बाध्यता हो। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएमा संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले नयाँ प्रक्रिया आह्वान गर्नुपर्दछ। यसरी सरकार बनाउँदा ७६ को उपधारा १,२ हुँदै जाने हो। यसलाई नाघेर जान मिल्दैन। यही प्रक्रिया अनुसार बहुमत जुटाउने जुनसुकै शक्तिले सरकार बनाउन सक्नेछ। 

(वरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनविद् अधिकारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विपिन अधिकारी
लेखकबाट थप
अदालतले गरेको व्याख्याभन्दा धेरै आफू अनुकूल व्याख्या गर्दा समस्या भइरहेको छ
नैतिकता कसको खोज्ने? अध्यादेशबाट शासन गर्ने प्रधानमन्त्री कि असफल प्रतिपक्षको
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्